महेन्द्रनगर । नेपाली काँग्रेस भीमदत्त नगरपालिका ६ वडा समितिको कोषाध्यक्षमा सुमन थापा चयन भएका छन् । काँग्रेस वडा समिति थापालालाई कोषाध्यक्षमा मनोनित गरेको छ ।
काँग्रेसको १५ औ महाधिवेशन अन्र्तगत वडा अधिवेशनमा थापा पदाधिकारीका आकाँक्षी थिए । भीमदत्त ६ मा भएको वडा अध्यक्षको उप निर्वाचनमा थापा अध्यक्षका आकाँक्षी थिए ।काँग्रेस विशेष महाधिवेशनपछि उनी काँग्रेस संस्थापन पुगेका छन् ।
वडा अधिवेशनबाट भोजराज भट्टको अध्यक्षतामा वडा समिति निर्विरोध भएको थियो ।थापा कृषि विकास बैक महेन्द्रनगरका पूर्व प्रबन्धक दिलिप थापाको छोरा हुन् । पूर्व मेनेजेर थापाले केही वर्ष अघि बैंकिङ्ग सेवाबाट अवकाश लिएका थिए ।

