कञ्चनपुर । नेपाली काँग्रेस सस्थापन ईतर (देउवा पक्ष)ले कञ्चनपुरमा वडा अधिवेशन सकेर पालिका अधिवेशन गर्न लागेको छ ।
देउवा पक्षीय काँग्रेसले जिल्लाभरीका वडाहरुमा अधिवेशन सकेर आज(मंगलबार)देखि पालिका अधिवेशन गर्न लागेको छ ।नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले पाटीको नियमित महाधिवेशन अन्र्तरगत वडा अधिवेशन सकेर जिल्लाको पालिका अधिवेशन गर्न लागेको बताए ।
उनका अनुसार जिल्लाका सबै वडाहरुमा अधिवेशन गर्दै नेतृत्व, क्षेत्रीय प्रतिनिधी छनौट गरिएको छ । वडा अधिवेशन सहमतीय आधारमा गरिएको र पालिका अधिवेशन समेत सोही अनुरुप गर्ने जनाएको छ ।

