२०८३ कार्तिक ९, सोमवार

बेलौरी–९ भुर्षामा युवाहरूको उदाहरणीय काम, सरसफाइसँगै गाउँको पहिचान स्थापित


कञ्चनपुर ।आफ्नो समाज, आफैँ बनाऔँ’ भन्ने मूल उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिका–९ भुर्षाका युवाहरूले गाउँमा सरसफाइ तथा सामाजिक सचेतनामूलक अभियान सञ्चालन गरेका छन्।

बेलौरी भुर्षा युथ टिमको सक्रियतामा गाउँको नामको बोर्ड राख्नुका साथै डस्टबिन व्यवस्थापन र भुर्षा चौराहा तथा मन्दिर परिसरको सरसफाइ कार्य सम्पन्न गरिएको हो।‘हामी बदलियौँ, समाज आफैँ बदलिन्छ’ भन्ने सन्देशका साथ सञ्चालन गरिएको अभियानले गाउँलाई स्वच्छ, सफा र सुन्दर बनाउनुका साथै सामाजिक उत्तरदायित्वप्रति युवाहरूको सक्रियता देखाएको छ।

समाज परिवर्तनका लागि ठूला कुरा मात्र नभई साना प्रयास र सामूहिक सहभागिता आवश्यक हुने भन्दै युवाहरूले आफ्नै गाउँबाट सकारात्मक परिवर्तनको सुरुवात गरेका हुन्।

अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी, स्थानीयवासी तथा टिमका सदस्यहरूप्रति भुर्षा युथ टिमले धन्यवाद व्यक्त गरेको छ।युवाहरूको यस पहलले स्थानीयस्तरमा सरसफाइ, सामाजिक एकता र सामुदायिक विकासका गतिविधिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार