२०८३ कार्तिक ९, सोमवार

२६ वटा उपग्रह पृथ्वीको कक्षमा राखेर फर्कियो स्पेसएक्सको स्टारसिप रकेट


प्रशान्त महासागरमा अवतरण गर्दा देखियो ठुलो आगोको गोला

इलोन मस्कको कम्पनी स्पेसएक्सले सोमबार आफ्नो पुन: प्रयोग गर्न मिल्ने सुपर हेभी-स्टारसिप रकेटलाई पृथ्वीको कक्षमा सफलतापूर्वक पुर्‍याएको छ।स्टारसिप रकेट पृथ्वीको कक्षमा लगभग तीन घण्टा बिताएपछि प्रशान्त महासागरमा अवतरण गरेको छ।

यद्यपि स्पेसएक्सले आफ्नो लाइभस्ट्रिममा भनेको छ- यसपटक समुद्रमा स्टारसिपको अवतरण अघिल्ला परीक्षणजस्तै सहज थिएन।स्टारसिप अवतरण भएको केही समयपछि लाइभस्ट्रिममा ठुलो आगोको गोला देखियो।यो अभियान लगभग १० घण्टा चल्ने तालिका थियो, तर स्पेसएक्स टोलीले यो काम यसभन्दा अघि नै सम्पन्न गर्ने निर्णय गर्‍यो।स्टारसिपले नेक्स्ट जेनेरेसनका २६ वटा स्टारलिंक भी३ उपग्रहहरूलाई कक्षामा तैनाथ गर्‍यो।

यी उपग्रह पृथ्वीमा पहिले रहेको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने समूहमा सामेल भए।यसअघि इन्जिनमा खराबी आएपछि इन्जिनियरहरू रकेटलाई पृथ्वीको कक्षमा पठाउने कि नपठाउने भनेर द्विविधामा परेका थिए। तर पछि यसलाई प्रक्षेपण गर्ने निर्णय गरे।स्पेसएक्सले स्टारसिपलाई ‘विश्वको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रक्षेपण यान’ भएको दाबी गरेको छ।कम्पनीले भविष्यमा चालक दल र सामान पृथ्वीको कक्ष, चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा अगाडिसम्म पुर्‍याउने दाबी गरेको छ।

सम्बन्धित समाचार