पाल्पा : पाल्पामा पहिरोले घर पुरिएर आइतबार एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन्।
मृत्यु हुनेमा माथागढी गाउँपालिका-२ रुप्सेका ७५ वर्षीय शेरबहादुर चिदी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।घर माथिबाट खसेको पहिरोले घर पुरिएको हो।
गम्भीर घाइते उनलाई उपचारका लागि पाल्पा अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए। पहिरोमा परेर उनकी नातिनी १७ वर्षीया दीना घर्तीमगर, छिमेकी १५ वर्षीया झरना घर्तीमगर बेपत्ता भएका छन्।

