कञ्चनपुर, भदौँ १६नेपाल कम्युनिष्ट पाटी(नेकपा)ले कञ्चनपुरका दुई पालिकामा पाटी एकता, समायोजन घोषणा एव सपथ ग्रहण कार्यक्रम गरेको छ ।
जिल्लाको भीमदत्त नगर कमिटि र शुक्लाफाँटा नगर कमिटिको पाटी एकता, समायोजन घोषणा एव सपथ ग्रहण कार्यक्रम गरेको हो । नेकपा कञ्चनपुरकी तथा सहइन्चार्ज नेतृ माया नेगीले पाटी सोमबार एकैदिन दुई पालिकामा पाटी एकता, समायोजन बैठक तथा नगर कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराईएको बताए ।
कार्यक्रमका सभापति समेत रहेका नेकपा शुक्लाफाँटा नगरका संयोजक जिवन धामीले नगर कमिटिको एकता घोषणादेखि नवनियुक्त भएका नगर पदाधिकारी, सदस्यहरुलाई सपथ ग्रहण गराईएको बताए । उनका अनुसार ५१ सदस्यीय नगर कमिटि घोषणा गरिएको छ । भीमदत्त नगर समितिका संयोजक समेत रहेका कार्यक्रमका सभापति आनन्द सिह धामीले ६५ सदस्यीय नगर कमिटि विस्तार गरिएको बताए ।
उनका अनुसार मदन सिह सेराला सह संयोजक सहितका सदस्य रहेका छन । नगर सचिव बिर बहादुर नेपालीले स्वागत मन्तव्य राख्दै अब जनताकै चाहना अनुरुप पाटीले योजना ल्याउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए । दुवै कार्यक्रममा नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज प्रकास रावलले जनताको हितमा कामकाज गर्न नगरका नेता कार्यकर्ताहरुलाई आब्हान गरेका छन ।
सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री समेत रहेका उनले नेता कार्यकर्ताहरुले जनताकै हितमा अहोरात्र कामकाजमा जोडदिएका छन । पाटी इन्चार्ज प्रकास रावल, केन्द्रीय सदस्य बिर बहादुर बुढाथोकी, केन्द्रीय सदस्य तथा कञ्चनपुर सहइन्चार्ज तथा भीमदत्त नगर समिति समायोजन इन्चार्ज माया नेगी, नेताहरु ओम विक्रम भाट, माधव पन्त, जिल्ला सहसंयोजक प्रताप तिरुवा, सहइन्चार्ज माया पन्त र देवेन्द्र ढुङ्गाना सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
पार्टी एकता समायोजन तथा शपथ ग्रहण कार्यक्रम पार्टीको भिमदत नगर भुगोल क्षेत्र भित्र रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च, जिल्ला सदस्य, जवस मोर्चाका केन्द्र, प्रदेश र जिल्ला पदाधिकारी तथा सदस्य, नगर पार्टीका बर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्य, पार्टी वडा अध्यक्ष कमरेडहरूको सहभागिता रहेको थियो । यस अघि नेकपाले गत साउनमा जिल्लाको एकता गरेको थियो ।

