कञ्चनपुर ,कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित ऐतिहासिक ब्रह्मदेव मण्डी तथा ५२ ढोके क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उक्त क्षेत्रको संरक्षण, सरसफाइ र स्वच्छता कायम गर्ने उद्देश्यले ऐतिहासिक ब्रह्मदेव मण्डी एवं ५२ ढोके संरक्षण समितिको आयोजनामा सरसफाइ कार्यक्रम गरिएको हो।
संरक्षण समितिका संयोजक जितबहादुर बमको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय तथा सरोकारवालाहरूको सहभागिता रहेको स्थानीय दिपेन्द्र सिंह ऐरीले जानकारी दिए।
संरक्षण समीतीका सदस्य धौल सिह धामीका अनुसार कार्यक्रमका क्रममा मन्दिर तथा मण्डी क्षेत्र आसपासमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो।
ऐतिहासिक स्थलको संरक्षणसँगै नियमित सरसफाइमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

