कञ्चनपुर,कञ्चनपुरबाट दुई सुदूरपश्चिम प्रदेश सभा सदस्य(सासद) प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । निर्वाचन क्षेत्र २(क)बाट निर्वाचित ओम बिक्रम भाट(सरल) र क्षेत्र ३(क)बाट निर्वाचित प्रकाश बहादुर रावल मन्त्रीमा नियुक्त भएका हुन् ।
सरल भौतिक पुर्वाधार विकास मन्त्री र प्रकाश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । सरल र प्रकाश दुवै नेपाल कम्युनिष्ट पाटी(नेकपा)का तर्फबाट प्रदेश सरकारको प्रभावशाली, शक्तिशाली अनुभवी मन्त्रीको रुपमा हेरिएको छन् ।
हालै सुदूरपश्चिम प्रदेशमा नेकपा र एमालेविचको गठबन्धन भएको थियो। यसअघि दुवै जना प्रदेशको मन्त्री भइसकेका सांसद हुन् । ०७४मा भएको प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका रावल सुरुमै उद्योग पर्यटन तथा वन राज्यमन्त्री र त्यसपछि आर्थिक मामिलामन्त्रीको जिम्मेवारी निर्वाह पुरा गरिसकेका थिए ।
०७९मा सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित सरल पहिलो प्रयासमै सासद भएर समाजिक विकास मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका थिए ।जनयुद्धदेखि राजनीतिमा होमिएका सरल र पुराना कम्युनिष्ट नेता प्रकाश दुवै नेता पहिलोे प्रयासमै सासददेखि मन्त्रीको जिम्मेबारी पाएका थिए।
अहिले फेरि मन्त्रीकै जिम्मेवारी उनीहरुको काँधमा थपिएको छ । प्रकाश दोस्रो पटक आर्थिक मामिलामन्त्रीको जिम्मेवारी पाएका बेला क्षेत्र मात्रै होइन जिल्लाकै विकासमा भूमिका निर्वाह गरेपछि दोस्रो निर्वाचनमा समेत सहजै प्रदेश सांसदको यात्रामा पुगेका थिए ।
छोटोे अवधिका लागि सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाएका सरलले पनि आफ्नो क्षेत्रको मात्रै समग्र प्रदेशकै स्वास्थ्य क्षेत्रको सुधारका योजना सुरुवात गरेर चर्चा कमाएका थिए ।

