शुक्र, भदौ २६, २०८३

उत्तराखण्ड मुक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि उच्च शिक्षाको अवसर


कंचनपुर, नेपाल। उत्तराखण्ड मुक्त विश्वविद्यालय (UOU), हल्द्वानीले नेपालका विद्यार्थीलाई समेत लक्षित गर्दै उच्च शिक्षा तथा व्यावसायिक अध्ययनका विभिन्न अवसर उपलब्ध गराएको छ। विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमबारे जानकारी दिएका छन्।

उत्तराखण्ड विधानसभा ऐन नम्बर २३र२००५ अन्तर्गत स्थापना भएको उत्तराखण्ड मुक्त विश्वविद्यालय मुक्त तथा दूरशिक्षाका क्षेत्रमा कार्यरत विश्वविद्यालय हो। विश्वविद्यालयले कामकाजी, ग्रामीण तथा नियमित रूपमा क्याम्पस जान नसक्ने विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने विशेष अवसर प्रदान गर्दै आएको छ।

विश्वविद्यालयमा स्नातक तहअन्तर्गत बीए, बीएससी, बीकम, बीसीए, बीबीए, बीटीटीएम, बीएड (ओडीएल), बीएलआईएस, बीएड (विशेष शिक्षा) तथा बीए (योग) लगायतका कार्यक्रम सञ्चालनमा छन्। त्यसैगरी स्नातकोत्तर तहमा एमए, एमएससी, एमबीए, एमसीए, एमकम, एमएससी (आईटी), एमएससी (साइबर सुरक्षा), एमए (योग), एमएससी (जियो–इन्फर्मेटिक्स), एमए (पत्रकारिता तथा जनसञ्चार), एमटीटीएम, एमए (मानव अधिकार), एमएड (विशेष शिक्षा) र एमएलआईएसलगायतका कार्यक्रम उपलब्ध छन्।त्यस्तै ज्योतिष, योग विज्ञान, सूचना प्रविधि, पत्रकारिता तथा न्यूमिडिया, गढवाली, कुमाउँनी, नेपाली, पर्यटन, आरटीआई, संस्कृत, कृषि, भू–सूचना विज्ञान, कम्प्युटर एप्लिकेसन, डिजिटल मार्केटिङ, भारतीय ज्ञान परम्परा तथा असिस्टेन्ट होमस्टे म्यानेजरलगायतका विभिन्न डिप्लोमा तथा प्रमाणपत्र तहका कार्यक्रम पनि सञ्चालनमा रहेका छन्।विश्वविद्यालयका अनुसार यहाँका विभिन्न कार्यक्रमहरू यूजीसी–डीईबी, आरसीआई, एआईसीटीई, एसीआईटीईटी तथा एनसीटीईलगायत सम्बन्धित निकायबाट मान्यता प्राप्त छन्। विश्वविद्यालयले राष्ट्रिय शिक्षा नीति (NEP)–२०२० अनुरूप आफ्ना स्नातक तहका पाठ्यक्रमलाई समेत अघि बढाएको जनाएको छ।विद्यार्थीलाई आर्थिक रूपमा सहज बनाउन अनुसूचित जाति (SC),अनुसूचित जनजाति (ST) तथा अन्य पिछडा वर्ग (OBC) का शिक्षार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ। शहीद सैनिकका विधवा, आर्थिक रूपमा विपन्न महिला, दिव्याङ्गता भएका व्यक्ति, कारागारमा रहेका कैदी तथा तृतीय लिङ्गीका लागि शुल्कमा विशेष छुटको व्यवस्था पनि रहेको विश्वविद्यालयले जनाएको छ।

मुद्रित अध्ययन सामग्री नलिने विद्यार्थीलाई प्रवेश शुल्कमा १५ प्रतिशत छुट दिने व्यवस्था समेत गरिएको छ।विश्वविद्यालयले जनवरी र जुलाई गरी वर्षमा दुईपटक प्रवेश प्रक्रिया सञ्चालन गर्दै आएको छ। प्रवेश, परीक्षा, असाइनमेन्ट, अध्ययन सामग्री तथा डिग्रीसम्बन्धी विभिन्न प्रक्रियालाई अनलाइन माध्यमबाट सहज बनाइएको छ। विद्यार्थीले ई–पाठ्यसामग्री तथा अनलाइन असाइनमेन्टको सुविधा पनि प्राप्त गर्न सक्छन्।नेपालबाट अध्ययन गर्न चाहने विद्यार्थीका लागि पनि प्रवेशको अवसर खुला गरिएको विश्वविद्यालयले जनाएको छ। नेपाली विद्यार्थीलाई आवश्यक जानकारी तथा मार्गदर्शन उपलब्ध गराउन विश्वविद्यालयले विशेष रूपमा प्रचार–प्रसार गर्दै आएको बताइएको छ।

विश्वविद्यालयअन्तर्गत उत्तराखण्डका विभिन्न क्षेत्रमा आठवटा क्षेत्रीय केन्द्र तथा १४४ भन्दा बढी विद्यार्थी सहायता केन्द्र रहेका छन्। गढवाल क्षेत्रमा देहरादून, रुड्की, पौडी, कर्णप्रयाग र उत्तरकाशी तथा कुमाउँ क्षेत्रमा हल्द्वानी, रानीखेत र पिथौरागढलगायत स्थानमा क्षेत्रीय केन्द्र रहेका छन्। सैनिकका लागि विशेष अध्ययन केन्द्रको व्यवस्था समेत गरिएको छ।विश्वविद्यालयमा अध्ययनका क्रममा परामर्श कक्षा, प्रयोगशाला तथा कार्यशाला सञ्चालन गरिनुका साथै विद्यार्थीको आवश्यकता अनुसार अध्ययन केन्द्र, परीक्षा केन्द्र तथा कार्यक्रम परिवर्तनसम्बन्धी सेवाहरू पनि अनलाइनबाट उपलब्ध गराइएको छ। विश्वविद्यालयमा राष्ट्रिय सेवा योजना (NSS) र रेडक्रसजस्ता अतिरिक्त गतिविधिमा सहभागी हुने अवसर पनि रहेको छ।

उत्तराखण्ड मुक्त विश्वविद्यालयको मुख्य कार्यालय विश्वविद्यालय मार्ग, ट्रान्सपोर्ट नगरको पछाडि, तीनपानी बाइपास, हल्द्वानी–२६३१३९, नैनीताल, उत्तराखण्ड, भारत मा रहेको छ।प्रवेश तथा अन्य जानकारीका लागि विश्वविद्यालयको वेबसाइट www.uou.ac.in र अनलाइन प्रवेश पोर्टल यलष्लिभ।गयग।बअ।ष्ल प्रयोग गर्न सकिनेछ। विश्वविद्यालयको सम्पर्क नम्बर ०५९४६–२८६००० र ०५९४६–२८६०४३ रहेको छ। प्रवेशसम्बन्धी जानकारीका लागि admission@uou.ac.in तथा परीक्षासम्बन्धी जानकारीका लागि exam@uou.ac.in मा सम्पर्क गर्न सकिने विश्वविद्यालयले जनाएको छ।

सम्बन्धित समाचार