२०८३ कार्तिक ११, बुधवार

बझाङ्गका कमल विकलाई दिशा गराएर लागु औषध बरामद


कञ्चनपुर ।बझाङ्गका एक युवकले लागु औषध तस्करी गर्ने अनौठो अप्रत्यारिलो जुक्ति निलेका छन । जयपृथ्वी नगरपालिका ३ का कमल विकले खाएर पेटभित्र राखेर लागु औषध तस्करी गर्ने जुक्ति निकालेका हुन ।विकले भारतबाट नेपालमा पेटभित्र लुकाएर लागु औषधको तस्करी गर्दै आएको खुलेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर ईलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले विकलाई गड्डाचौकी क्षेत्रबाट शंकाको आधारमा पक्राउ गरेका थियो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले सुराकीको आधारमा विकलाई निगरानी गरेर नियन्त्रणमा लिएर सोधपुछका क्रममा थप शंका लागेपछि प्रहरीले उनलाई महाकाली अस्पतालमा लगेको थियो ।

विकलाई दिशा गराएर लागु औषध बरामद गरेको प्रवक्ता रावतले बताए । उनका अनुसार दिसामा कालो प्लाष्टिक भित्र ९पुडिया ७.७५ग्राम खैरो हिरोईन बरामद गरिएको छ ।विकले यसरी नै भारतबाट सेवन गरेर पेटमा राखेर नेपालमा तस्करी गर्दै आएको वा प्रहरी देखेर खाएको बारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

लागु औषध नियन्त्रणमा कञ्चनपुर प्रहरीले गत बर्ष चारसय बढी मानिस पक्राउदेखि उनीहरुको साथबाट चरेश सहितका आधुनिक लागु औषध बरामद गरेको थियो । लागु औषधका ओसारपोसारकर्तादेखि उपभोग सेवन गर्ने मात्रै नभई मुख्य डिलर कारोबारीको समेत सञ्जाल भत्काउनुपर्नेमा नागरिक स्तरबाट आवाज उठिरहेको छ ।

सम्बन्धित समाचार