बिहि, जेष्ठ २१, २०८३

कालापानीका ९ जुवाडे प्रहरीको फन्दामा


कञ्चनपुर, असोज २२कञ्चनपुरको पुर्वी उत्तरी भेग कालापानी गाँउबाट ९ जुवाडे पक्राउ परेका छन । शुक्लाफाँटा नगरपालिका ७ कालापानी धामी कटेजबाट जुवाडे पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले गयराती मानसिह ठगुन्नाले संचालन गरेको धामी कटेजबाट ९ जुवाडे पक्राउ गरिएको बताए । प्रवक्ता जोशीका अनुसार उनीहरुको साथबाट १गड्डी तास सहित ८१हजार ४६०रुपैया बरामद गरिएको छ । पक्राउ पर्नेमा सबै एकै गाँउका रहेका छन । शुक्लाफाँटा नगरपालिका ७ कालापानीकै विपिन सिह, सौरभ सिह,रघुबिर भट्ट, सौरब पाल,मानसिह ठगुन्ना, नरेन्द्र सिह,सिद्धधामी दिपक बोगटी,शंकर धामी रहेका छन । उनीहरु मध्ये केही सरकारी कर्मचारी समेत रहेको दावि गरिएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जुवा ऐन अनुुरुप कार्बाही गरिने प्रहरीले जनाएको छ । यस अघि पनि प्रहरीले कुखुराको बाँझोखोरदेखि विभिन्न स्थानबाट जुवाडे पक्राउ गर्दै आएको छ ।

सम्बन्धित समाचार

Leave a Reply