खडक रावल,
कञ्चनपुर असोज २२कञ्चनपुरको दोधाराचाँदनी नगरपालिको सारदा सरस्वती मावि व्यवस्थापन संकायका विद्यार्थीलाई जिबी आईडल ग्रुपमा फिल्ड भिजिट गराईएको छ । मंगलबार एक कार्यक्रमका विच सारदा सरस्वती मावि व्यवस्थापन संकाय कक्षा ११ र १२ का विद्यार्थीलाई जिबी आईडल ग्रुपमा फिल्ड भिजिट गराईएको हो । सारदा सरस्वती माविका प्रद्यानाध्यापक कृष्ण बहादुर चन्दले विद्यार्थीलाई थप व्यवसायिक बनाउन फिल्ड जिजिट गराएको बताए । जिबि आईडल ग्रुपका संचालक राजेन्द्र भट्टले विद्यार्थीमा दृढ संकल्प हुनुपर्ने बताए । कार्यक्रममा प्रअ चन्द सहित सहायक प्रअ व्यवस्थापन संकाय प्रमुख रमेश सिह साउद, मावि संयोजक टिकाराम शर्मा, महेन्द्र शिशु मावि कैलालीका शिक्षक रोशन चन्द सहितका शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।

