धान सिंह धामी दाेधारा २१ असाेज राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नगर कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ।साेमबार दाेधाराचाँदनी नगरपालिका -५ मा राप्रपा नगर कमिटीले नेपालीहरुको महान पर्व बडा दशैं तथा शुभ दिपावली र छठ पर्व २०८१ को उपलक्षमा बिशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे। आयाेजित कार्यक्रम नगर अध्यक्ष बिर बहादुर शाहको अध्यक्षतामा प्रमुख आतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जाेशि रहेका थिए भने बिशिष्ट अतिथीमा केन्द्रिय सदस्य ईन्द्र बहादुर खत्री,केन्द्रिय बरिष्ठ सल्लाहकार दशरथ जाेशि लगायत पार्टीका सदस्य तथा पार्टी शुभचिन्तकहरुको उपस्थिति रहेकाे थियाे ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष जोशीले आयाेजक कमिटीलाई धन्यवाद दिनुकाे साथै राष्ट्र र राष्ट्रियता जाेगाउन सबैले आआफ्नो ठाउँबाट निरन्तर आवाज उठाउनु पर्ने कुरामा जोड दिदै पार्टीलाई सक्रिय र सुदृढीकरण गर्न केन्द्रले दिएकाे निर्देशन अनुरुप गाउँ ,वडा कमिटि देखि जिल्लाकाे अधिबेशनका लागि संगठन निर्माण कार्यलाई निरन्तरता दिन अनुराेध गरेका थिए।यसै गरी नगर अध्यक्ष शाहले दशै तिहारकाे पुर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम राख्नुको उदेश्य पार्टीसँग आवद्ध सदस्य तथा शुभ चिन्तकहरुको एक अर्का प्रति सद्भाव कायम राख्दै सुखदुःखमा साथ रहने विश्वासले आयोजना गरेकाे बताएका छन।

