बुध, बैशाख २३, २०८३

मालिकाजुर्न गाँउपालिका दार्चुलाका लेखा प्रमुख विष्टद्वारा जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न



कञ्चनपुर, साउन २३

दार्चुलाको मालिकार्जुन गाँउपालिका (लेखापाल) लेखा प्रमुख पुष्कर सिह विष्टले जन्मदिनको अवसरमा बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन ।
मालिकार्जुन गाँउपालिका (लेखापाल) लेखा प्रमुख विष्टले जन्मदिनको अवसरमा कञ्चनपुरका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका हुन ।


लेखा प्रमुख विष्टले बुधबार बेदकोट नगरपालिका ८ रौटेलामा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग गरेका छन । लेखा प्रमुख विष्ट आफु दार्चुला कार्यक्षेत्रमा रहेका बेला कञ्चनपुर महेन्द्रनगरमा रहेका आमाबाबु(गजी विष्ट, मोतीदेवी विष्ट) र आफन्त ईन्द्र सिह साउद मार्फत बृद्धआश्रममा खाद्यान्न वितरण गर्न लगाएका छन ।


लेखा प्रमुख विष्टले बृद्धआश्रममा चामल, दाल, तेल, नुन जेरी, दही सहित फलफुल सहयोग गरेका हुन । लेखा प्रमुख विष्टले हरेक बर्ष आफ्नो जन्मदिनका अवसरमा कहिले अनाथ, बालबालिका कहिले बेसाहरा जेष्ठ नागरिकलाई यसरी सहयोग गर्दै आएका छन । लेखा प्रमुख विष्टले आगामी दिनसम्म निरन्तर जन्मदिनमा समाजसेवा गर्दै जाने बताएका छन ।

सरकारी कर्मचारी विष्टले आफ्नो खुसियालीमा रहेक बर्ष जन्मदिनमा फजुल खर्च भन्दा समाजमा रहेका बेसाहारा नागरिकलाई सहयोग गर्दै आएपछि उनको प्रसंसा भईरहेको छ ।

सम्बन्धित समाचार

Leave a Reply