बिहि, जेष्ठ २१, २०८३

भीमदत्तका उपप्रमुख लेखकको तिहारका बेला बजार सरसफाई राख्न कर्मचारीलाई निर्देशन


कञ्चनपुर, असोज २० कञ्चनपुरको भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले दशैँ, तिहार एव छठका बेला बजार क्षेत्र चिटिक्क सरसफाई गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन ।

आइतबार सरसफाई शाखा कर्मचारी, नगर प्रहरी सहितका कर्मचारीसंग भएको बैठकमा कावा मेयर समेत रहेकी उपप्रमुख लेखकले दशैँ, तिहार एव छठका बेला बजार क्षेत्र चिटिक्क सरसफाई गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन ।

उपप्रमुख लेखकको सचिवालयका अनुसार चार्डवार्डका बेला बजार दुर्गन्धित नभई चिटिक्क आकर्षण सरसफाई गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन ।

बजारमा अनाधिकृत रुपमा फोहोर गर्ने माथि कानुनी कार्बाही गर्न समेत निर्देशन दिएकी हुन ।

बैठकका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहितका कर्मचारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply