बेल्डाँडी,२०साउन ।
बेलडाँडी गाउँपालिका वडा नम्बर २ मा रहेको रौलेश्वर माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सहभागी भएका ६७ जना विद्यार्थीमध्ये २६ जना विद्यार्थीहरुले कक्षा १२ उतीर्ण गरेका छन् ।
कक्षा १२ को नतिजामा पालिकामै रौलेश्वर माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
कक्षा १२ को परीक्षामा सहभागी भएका ६७ जना विद्यार्थीमध्ये जम्मा एक विषयमा एनजी (NG) आएको संख्या २०, जम्मा दुई विषयमा एनजी (NG) आएको संख्या १६,दुई विषय भन्दा बढी मा एनजी (NG) आएको संख्या ०५, रहेको उक्त विद्यालयका लेखापाल टेकेन्द्र जोशीले जानकारी दिएका छन् ।
विद्यालयले विगतको वर्ष भन्दा राम्रो नतिजा प्राप्त गर्दै आइरहेकाले अभिभावक तथा विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको जोशीले बताए ।


