बिहि, जेष्ठ २१, २०८३

बाढीबाट प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद र खाद्यान्न सहयोग


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढीबाट पूर्ण क्षति भएका प्रभावित घर परिवारलाई आईएमई मार्फत नगद र खाद्यान्न सहयोग गरेको छ।गत असार २२ देखि २४ गते सम्म परेको अविरल वर्षा संगै आएको बाढीबाट प्रभावित भएका भीमदत्त नगरपालिकाका १ सय ६८ प्रति घरपरिवार आईएमई मार्फत रु.१० हजार र २ सय ५ परिवारलाई खाद्यान्न सहयोग गरिएको भीमदत्त नगरपालिका स्रोतले जानकारी दिनुभएको छ् । भीमदत्त नगरपालिका संग समन्वय तथा सहकार्य गरि अक्सफाम र निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजना अन्तर्गत १ सय ६८ परिवारलाई प्रति घरपरिवार आईएमई मार्फत रु. १० हजार र २०५ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो । बाढीबाट पुर्ण क्षती भएका घरपरिवारलाई प्रति घरपरिवार रु. १० हजार दिने केही दिन अघि गरिएको कार्यपालिकाको निर्णय अनुसार निड्स नेपाल कञ्चनपुरले पालिकासंग समन्वय गरि उक्त रकम बितरण गरिएको भीमदत्त नगरपालिकाका उपप्रमुख सचिवालयले जानकारी दिएको हो। भीमदत्त नगरपालिकाको बाढीको अत्यन्तै जोखिममा रहेको वडा नं २,४,५,७,९,१३,१८,१९,को बस्तीमा निड्स नेपालले सहयोग गर्ने छ् । विपदको समयमा निड्स नेपाल कञ्चनपुरले स्थानियबासीको आर्थिक पार्जनको लागी बिभिन्न कार्यक्रम गर्दै आएको भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटी बताउनुभयो । बाढीबाट पुर्ण क्षती भएको घर परिवारलाई बहु–प्रयोजनका लागि आईएमई मार्फत प्रति घरपरिवार रु.१० हजार र खाद्यान्न सहयोग गरिएको निड्स नेपालको विपद् प्रतिकार्यको लागी सिघ्र लाभ परियोजना फोकल पर्सन बिनोद कडाराले भन्नू भयो। भीमदत्त नगरपालिका वडा नं– १३ का वडाध्यक्ष राम बहादुर बाृेहराले पिडामा रहेको बाढी पिडितहरुलाई नगद तथा खाद्यान्न सहयोग गरेकोमा निड्स नेपाललाई धन्यबाद दिनुभएको छ ।

सम्बन्धित समाचार

Leave a Reply