महेन्द्रनगर । घरभित्रै झुण्डिएर आत्महत्या गरेकी बेलडाँडी गाउँपालिका २ की सम्झना भधट्टलाई न्याय माग गर्दै विद्यार्थीहरुले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।आइतबार १ ७ वर्षिया भट्ट बेलडाँडी २ सिहपाल टोलस्थित घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी लिटिल बुद्ध एकेडेमीमा कक्षा १२ मा अध्ययनरत थिइन् ।विद्यालयका विद्यार्थीहरुले विहान जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा सम्झनालाई न्याउ देउ भन्दै नाराबाजी गरी प्रदर्शन गरेका छन् ।सम्झनाको तस्बिर सहित सम्झनालाई न्याय दे भन्ने लेखिएको ब्यानर बोकेर उनीहरुले नाराबाजी गरे । प्रहरी कार्यालयपछि उनीहरुले प्रशासन कार्यालयमा पनि सम्झनालाई न्याय मागेका छन् ।भीमदत्त नगरपालिका ६ ऐठपुर माइती भएकी उनको बेलडाँडीका पवन भट्टसंग गत फागुनमा प्रेम विवाह भएको थियो । भट्ट अमिटी कलेजका विद्यार्थी हुन् ।अहिले सम्झनाका पति पवन सहितका सासु र ससुरा आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । सम्झनाका माइतीले भट्ट विरुद्ध प्रहरी कार्यालयमा जाहेरी दिएको छ ।“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ”, जिल्ला प्रहरी कर्याालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले भने ।सम्झनाको झुण्डिएइको भेटिएको दिन उनका श्रीमान् पवनलाई पक्राउ गरएको थियो । त्यसपछि उनका सासु र ससुरालाई पनि पक्राउ गरिएको छ ।सम्झना आइतबार सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका माइती पक्षले श्रीमान् तथा परिवारका सदस्यहरूले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।सोही कारण सम्झनाले आत्महत्याको बाटो रोजेको उनहरुको आरोप छ । गत शनिबार सम्झना र पवनबीच झगडा भएको थियो । झगडापछि त्यही दिन दुवै जना बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए । प्रहरीले दुबै जनालाई सम्झाई–बुझाई घर पठाएको थियो ।त्यसको भोलिपल्ट सम्झना घरमै मृत फेला परेकी हुन् । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
सम्झनाको आत्महत्या प्रकरण : दाइजो र हिंसाको आरोप, पति–सासु–ससुरा हिरासतमा, विद्यार्थी सडकमा

