महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव सतर्कताको तह नजिक पुगेको छ ।जल तथा मौसम विज्ञान विभागको नदीहरुमा बाव मापन गर्ने प्रणालीका अनुसार डडेल्धुराको परिगाउँमा अहिले पानीको बहाव ६.२२७ रहेको छ । परिगाउँमा पानीको बहाव ६.८० पुगेमा सतर्कता तह भनिन्छ । त्यस्तै, बहाव ८.०० पुगेमा खतराको तह भनिन्छ ।नदीमा पानीको बहाव बढ्दा महाकाली नदीमा बनेको भारतको शारदा ब्यारेज (बनबासा पुल)को पुलमा दोस्रो दिन पनि चार पांग्रे सवारीसाधनको आवागमन रोकिएको छ ।इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ६८ हजार पाँच सय ३७ क्युसेक रहेको छ ।मंगलबार बिहानदेखि नदीमा पानीको बहाव बढेको हो ।नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै बनबासा पुलमा चार पांंग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने गरिएको छ ।

