सोम, जेष्ठ २५, २०८३

कलुवापुरम मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते


महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुर बजार नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।मंगलबार सु.प.प्र. ०२००३ प्र ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पिल्लरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।प्रहरी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका व्यक्तिको पहिचान हुन बाँकी छ। घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।

सम्बन्धित समाचार

Leave a Reply