सोम, जेष्ठ २५, २०८३

सम्झना भट्ट मृत्यु अनुसन्धान: परिवारका तीन सदस्यमाथि आत्महत्या दुरुत्साहन मुद्दा


महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडीकी सम्झना भट्टको आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको घटनामा उनकी सासुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।आइतबार बेल्डाँडीगाउँपालिका–२ सिंहपाल टोलकी १९ वर्षीया सम्झना घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरीले कोठाको ढोका तोडेर शव बाहिर निकालेको थियो ।माइती पक्षको जाहेरीपछि प्रहरीले समझनाकी सासु किरण भट्टलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले बताएका छन् ।यसअघि मृतकका श्रीमान पवन भट्ट र ससुरा हरिदत्त भट्टलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ ।पारिवारिक कलह र यातनाले सम्झनालाई आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने प्रहरीको आशंका छ ।पक्राउ परेका तीनै जनामाथि आत्महत्या दुरुत्साहनमा जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी बोहराले बताए ।सम्झना र पवनले गत फागुनमा प्रेम बिबाह गरेका थिए ।विवाहपछि सम्झनाका श्रीमान र परिवारका सदस्यले दाइजोको निहुँमा यातना दिने, घरेलु हिंसा गर्ने र मानसिक तनाव दिने गरेको माइती पक्षको जाहेरीमा उल्लेख छ ।सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply