सोम, जेष्ठ २५, २०८३

सम्झना मृत्यु प्रकरणमा ससुरा पनि पक्राउ


कञ्चनपुर । प्रहरीले कञ्चनपुरको बेलडाँडीकी सम्झना भट्टका ससुरालाई पनि पक्राउ गरेको छ ।आइतबार बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १८ वर्षीया सम्झना भट्ट झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा अनुसन्धानका लागि उनका ससुरा हरिदत्त भट्टलाई पनि पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।उक्त प्रकरणमा सोमबार सम्झनाका २४ वर्षीय श्रीमान पवन भट्टलाई पक्राउ गरिएको थियो ।कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार सम्झना आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । डीएसपी बोहराले भने, ‘माइती पक्षले घरेलु हिंसा गर्ने, दाइजोको निहुँमा यातना दिने र मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।’माइती पक्षकै जाहेरीको आधारमा प्रहरीले सम्झनाका पवन भट्ट र हरिदत्त पक्राउ गरेको प्रहरीको भनाई छ ।दुबै जनालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएसपी बोहराले बताए ।सम्झना र पवनले करिब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका थिए । प्रहरीका अनुसार विवाहपछि उनीहरुको सम्बन्ध बिग्रेको थियो ।सम्झना झुण्डिएको अवस्थामा मृत फेला पर्नु एक दिनअघि मात्रै शनिबार उनीहरूबीच विवाद हुँदा बेलडाँडी प्रहरी चौकीमा पुगेका र त्यस दिन प्रहरीले दुवैलाई सम्झाई–बुझाई घर पठाएको डीएसपी बोहराले बताए ।पीडितका माइती पक्षले दिएको जाहेरीमा दाइजोको विषय पनि उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply