सोम, जेष्ठ २५, २०८३

शुक्रबारदेखि महेन्द्रनगर खुलामञ्चमा डे–नाईट मेला


सञ्जय महर,कञ्चनपुर साउन ९ कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा डे–नाईट मेला संचालन हुन लागेकोे छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा शुक्रबारदेखि डे–नाईट मेला संचालन हुन लागेकोे होे । सुदूरपश्चिम समावेसी अपाङ्गता संघको आयोजना, भावना एम्युजमेन्ट प्रालिको व्यवस्थापिक र भीमदत्त नगरपालिका स्थानीय सरकारको सरक्षकत्वमा साँस्कृतिक मेला हुन लागेको जनाएको छ । ‘पर्यटन, संस्कृति खेल र व्यापार सुदूरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ मनोरञ्जन तथा साँस्कृतिक मिनी ०८२ मेला संचालन हुन लागेको छ । सुदूरपश्चिम समावेसी अपाङ्गता संघका अध्यक्ष उपेन्द्र खडायतले सूदूरपश्चिमको कला, संस्कृति सरक्षणका लागि मेला आयोजना गरिएको बताए । मेलामा २५ स्टलमा विभिन्न व्यवसायीक बस्तु तथा सेवा रहेका छन । उनले मेलाको साँझ ६ बजेतिर औपचारिक उद्घाटन भीमदत्त नगरका उपमेयर निलम लेखकले गर्ने कार्यक्रम रहेको बताए । ‘यस पटक हामीले पहिलो पटक दिउँसो र केही रातीसम्म मेला संचालन गर्न लागेका छौँ, ‘उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिबिधी समेत चलायमान हुनेछ ।’प्रति एक टिकेट बिक्रि बाफत नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई अक्षष कोष बनाउन २रुपैया र अपाङ्गताको हित सरक्षणका लागि पनि २ रुपैया छुट्याईने बताए । यस क्षेत्रबाट थुप्रै राष्ट्रिय अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी भएकाले उनीहरुको सम्मान र जिल्लाका क्रिकेट बृद्धि विकासका लागि क्रिकेट संघलाई नै पार्किङ्ग जिम्मा दिएको सो बाफतको रकम क्रिकेट संघलाई नै दिईने छ । भावना एम्युजमेन्ट प्रालिका मार्केटिङ्ग निर्देशक तेज कार्कीले मेलाबाट मनोरञ्जनका साथै आर्थिक, साँस्कृृतिक बृद्धि विकासमा टेवा पुग्ने बताए । मेला साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाटै प्रस्तुती हुने बताए । उनले स्थानीय कलाकारको प्रर्बद्धनदेखिका कार्यक्रम हुने बताए । २९साउनसम्मै संचालन हुने मेला अवलोकनका लागि सर्वधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ५०रुपैया निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply