कञ्चनपुर, साउन ७ वनका कर्मचारी भ्रष्टाचारमा लिप्त रहेको र सेवाग्राहीबाट रकम लिन उद्यत रहेकोे तथ्य खुलेको छ । प्रदेश राजधानी कैलालीमा एकजना वन अधिकृत घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुस रकमसहित सोमबार पक्राउ गरेको हो । यादवलाई सात लाख ३१ हजार घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीको लागि घुस लिएका हुन्।उक्त कार्यका लागि सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरी निवेदनका आधारमा यादवलाई डिभिजन वन कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ। वनका कर्मचारीले यसरी घुस लिनथालेपछि सेवाग्राही समेत हैरान भएका छन ।

