बेलडाँडी । बेलडाँडी गाउँपालिकाकामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरी बजेट तथा कार्यक्रम पारित गरिएको पाइएको छ ।
यो स्थानीय सरकार सञ्चालन २०७४ को ६६ (१) विपरित हो । आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाले समिति गठन नगरी बजेट खर्च गरेको पाइएको महालेखा परीक्षक कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६(१) मा पालिकामा प्राप्त हुने आन्तरिक आय, राजश्व बाँडफाँटबाट प्राप्त हुने रकम ऋण अनुदान र अन्य आयको प्रक्षेपण र त्यसको सन्तुलित वितरणका खाका र बजेट निर्धारण गर्न ७ सदस्यीय स्र्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गर्न पर्ने व्यवस्था छ ।
गाउँपालिका अध्यक्षको नेतृत्वमा समिति गठन गर्न पर्ने व्यवस्था छ । महालेखाले बेलडाँडीमा समिति गठन गरिएको नपाइएको प्रतिवदेनमा उल्लेख गरको छ । बेलडाँडीमा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना गाउँ पालिका अध्यक्ष छन् ।
समितिले बजेट प्रक्षेपण, सन्तुलित वितरणको खाका, बजेट निर्धारणको खाका, क्षेत्रगत सीमा निर्धारण, कार्यक्रमको प्राथमिकरण र विषयगत क्षेत्र योजना तर्जुमा मार्गदर्शन लगायतका कार्य बैशाख १० गतेभित्र गरि सक्नु पर्ने छ । समितिले बजेट प्रक्षेपण गर्दा आगामी दुई वर्षको पनि गर्न सक्ने प्रावधान छ ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत बैशाख १५ गतेभित्र पालिकाका विषयगत शाखा र वडा कार्यालयलाई बजेट सीमा अनिवार्य रुपमा पठाउनु पर्ने व्यवस्था छ ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनका विद्यमान प्रावधान पालना नगरी गत आर्थिक वर्षमा बजेट तथा कार्यक्रम बनाएको हो । महालेखाले कानुन पालना गर्न सम्बन्धित निकायको ध्यान जानु पर्ने राय प्रतिवेदनमा उल्लेख गरेको छ ।
गाउँपालिकाको गाउँ सभामा गत वर्ष ८१ करोड ८ लाख बजेट पेश पारित गरिएको छ । महालेखाले गाउँपालिकाको अबण्डा बजेट र रकमान्तरमा पनि प्रश्न उठाएको छ ।
गाउँपालिकाले गाउँ सभाबाट अबण्डा बजेट पारित गरी कार्यपालिकाका निर्णयका आधारमा योजना बनाएर खर्च गरेको छ । यसैगरी ठूलो रकम रकमान्तर गरिएको महालेखाको प्रतिवेदनमा छ ।

