सोम, जेष्ठ २५, २०८३

मालपोतका कर्मचारी एक नम्बर घुस्याहा


कञ्चनपुर, साउन १ मालपोतका कर्मचारी सेवाग्राहीलाई अनेकन कानुन निहु खोजेर जनताबाट कमिसन खान निरन्तर उद्यत भएका छन । देशका पुर्वदेखि पश्चिम तराईदेखि हिमालसम्मका मालपोतका केही कर्मचारी चरम भ्रष्ट केही उच्च कर्तव्यनिष्ट छन । भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित पक्राउ परेका छन् । जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुुससहित मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो। पैसा भने कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा उनले पैसा उठाएको आयोगको दाबी छ । आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ ।चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरुले घुस मागेका थिए। अख्तियारले सूचना पाएपछि स्टिङ अप्रेसनमार्फत पक्राउ गरेको हो। यस्तै यातायात व्यवस्था कार्यालय कास्कीमा कार्यरत कार्यालय सहयोगी सात हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कार्यालय सहयोगी दीपक पौडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । पौडेलले सेवाग्राहीबाट अनलाइन फारम भरिदिने, लिखित परीक्षामा पास गराइदिने र ट्रायलमा पास गराइदिने भन्दै सात हजार रुपैयाँ घुस रकम माग गरेका थिए । सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा पौडेललाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । मालपोत, यातायातका कर्मचारी खुलेयाम घुस सहित पक्राउ परेपछि नागरिकको नजरमा कर्मचारी भ्रष्टाचारी नम्बर १मा देखिएका छन ।

सम्बन्धित समाचार

Leave a Reply