सोम, जेष्ठ २५, २०८३

एमाले युवा नेता बोेगटी भन्छन, ‘छाउपढी उन्मुलनका लागि एनजिओ, आईएनजिओले करोडौँ स्वाहा समस्या उस्तै


कञ्चनपुर, असार ३१ गत शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका १निगालीकी २८ बर्षिया कमला आउजी(दमाई)कोे सर्पले टोकेर मृत्यु भएपछि त्यसका विषयमा टिकाटिप्पणी भईरहेका छन । कमलाको मृत्युकाण्ड राष्ट्रिय स्तरमै चर्चा पाएको छ । पालिका सहितका प्रशासन सरकारले छाउगोठ भत्काउन निर्देशन तयारी गरेका बेला सरकारले अझैपनि कुरीती हटाउन नसकेको भन्दै टिप्पणी भईरहेका बेला यहीविचमा नेकपा एमाले कञ्चनपुरका एक युवा नेताले छाउपढी प्रथा उन्मुलनमा एनजिओ, आईएनजिओले करोडौँ रकम स्वाहा पारेपनि समस्या उस्तै रहेको टिप्पणी गरेका छन । सत्ताधारी दल एमाले जिल्लाका युवा नेता प्रबिन बोगटीले समाजिक सञ्जाल मार्फत छाउपढी प्रथा उन्मुलनमा एनजिओ, आईएनजिओले करोडौँ रकम स्वाहा पारेपनि समस्या उस्तै रहेको टिप्पणी गरेका हुन । प्रशासनलाई धन्यवाद दिदै बोगटीले जिल्ला मा छाउपडि मुक्त,चेतनामुलक कार्यक्रम भनेर कतिपय एनजिओ, आईएनजिओहरुले करोडौको लगानीमा कार्यक्रम सञ्चालन गरिएको प्रतिबदन त्यहि जिल्ला प्रशासन कार्यालय मा बुझाएर नबिकरण गराउछन यसको निगरानी र लेखाजोखा गर्न आवश्यक छ की छैन भन्ने कुरामा जिल्ला प्रशासन कार्यालय सजक र जवाफदेहि बन्न जरुरी छ ।

सम्बन्धित समाचार

Leave a Reply