कञ्चनपुर कंचनपुरको सदरमुकाम महेन्द्रनगरमा शुभ आनन्द आयुर्वेदिक फार्मेशी सन्चालनमा आएको छ । आज सोमबार एक कार्यक्रमका बिच महेन्द्रनगरको गल्ली नं ३ मा सुभ आनन्द आयुर्वेदिक फार्मेशिको समुदघाटन गरिएको हो । महाकाली आयुर्वेदिक अस्पतालका बरिष्ठ आयुर्वेदिक चिकित्सक डाक्टर सुर्या उपाध्यायले समुदघाट्न गरेका छन । आम ग्राहकहरुको माग अनुसार आयुर्वेदिक औसधिका साथ साथै विशेषज्ञ चिकित्सक सहितको सुबिधा दिने उदेश्यले सुभ आनन्द आयुर्बेदिक फार्मेशी सन्चालन गरिएको फार्मेशिका सन्चालक अन्जु धानुकले बताइन । फार्मेसिमा आयुर्वेदिक सम्वन्धी सबै प्रकारमा औषधि पाइने उनको भनाइ छ । आयुर्वेदिक औसधिको प्रयोगले कुनै साइडैफेक्ट नहुने भएकोले कोरोना महामारी पछि आम सर्वसाधारणमा आयुर्वेदिक औसधिको प्रयोग सम्बन्धी सचेतना बढे संग्गै औसधि र उपचारको माग समेत बढेको उनको दाबी छ । फार्मेशि मार्फत बृद्ध भत्ता प्राप्त गरेका बृद्धबृद्धाहरुलाइ नि:शुल्क भिजियो थेरापी सुबिधा समेत प्रदान गर्ने उनको भनाइ छ ।

