कञ्चनपुर, असोज १२ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ भीमदत्त नगरपालिका १३को वडाध्यक्षमा लक्ष्मी सिह(मगर) चयन भएकी छिन । शुक्रबार अनेम संघ भीमदत्त नगर १३को वडा कमिटि भेलाले अध्यक्षमा लक्ष्मी सिह(मगर)लाई चयनगरेको हो । उपाध्यक्ष गंगा कार्की साउद,सचिव निर्मला देवी बोहरा,उप सचिव ममता तिरुवा,कोषाध्यक्ष निर्मला धामी कुवर,सदस्यहरु दिव्येश्वरी खडायत,जानकी भट्ट,लक्ष्मी तिरुवा,अनिता भाट,सरस्वती खड्का,लक्ष्मी जोशी,हिरा भट्ट,उत्तरा नाथ,सविता भट्ट,पिंकि ओड,शारदा बिक, मन्जु सिंह,निर्मला परी,जयन्ती धङरा,बिश्ना जोशी र झुपा लुहार रहेका छन । नेकपा एमाले १३ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टले श्रमजिवी, देशभक्त, प्रगतिशील वर्गको नेतृत्व नेकपा(एमाले) ले गरिरहेकोले जिम्मेवारीबाट बिचलित नहुन अनुरोध गरेका छन । अनेम संघ कंचनपुर अध्यक्ष चिनी गिरी ले टीका र सचिव गिता ओलि ले सपथ ग्रहण गराउदै महिला दिदीबहिनीहरुको हकअधिकारका पक्ष सदैव वकालत गर्न प्रतिबद्ध रहेको जनाउनु भयो ।पार्टीको नगर कमिटी सचिव खगेन्द्र बिष्टले कार्यक्रममा बोल्दै विकास निर्माण,सुशासन र जनमुखी कामको पक्षमा नेकपा(एमाले)ले निरन्तर आवाज उठाउदै आएको अवगत गराउदै महिला वर्गलाई ढुक्क भएर पार्टी काममा होमिन अनुरोध गरेका छन । विगत ५वर्ष देखि लक्ष्मी सिंह मगर नेकपा(एमाले) पार्टी सदस्य भएर पार्टी काममा सक्रिय छिन । अनेम संघ भी न पा १३कि अध्यक्ष रत्ना बोहराको अध्यक्षता गरिएको कार्यक्रममा चिनी गिरी,भुवन कुँवर,गिता ओलि,बाला देवी नाथ,अमिर तिरुवा,कालू सिंह साउद,खगेन्द्र बिष्ट,महेश भट्ट,हरिष साउद,भानदेव भट्ट,खेम राज पन्त लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

