कञ्चनपुर, असार २१ एम्नेष्टी ईन्टरनेशल नेपाल शुक्लाफाँटा समुह(गु्रफ ७४)को छैठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कञ्चनपुरमा रहेको एम्नेष्टी ईन्टरनेशनल नेपाल शुक्लाफाँटा समुह(गु्रफ ७४०)को शनिबार छैठौँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले केही निर्णय गरेको छ । सभाले कानुनी साक्षरता अभियान अन्तर्गत भुवनेश्वरी बिध्या मन्दिर , आदर्श बिध्या निकेतन र प्रभात बिध्या निकेतनमा कार्यक्रम सन्चालन गरेको र सो कार्यक्रममा सहयोग साथ समर्थन गर्नु हुने सबैमा आभार धन्यवाद व्यक्त गर्दै नया सद्स्यता प्रदान गर्ने, जिल्ला भरिका ९ वटै पालिकामा महिनामा १ पटक कानुनी साक्षरता कक्षा संचालन गर्ने, प्रदेश भेलाका लागि अधिवक्ता प्रकाश पाण्डेय र गिता ओलिलाई क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन, कार्यक्रम संचालन समन्वयका लागि प्रजापती नेगिको संयोजकतत्वमा उत्तम विष्ट र कमला थापा पाण्डेय सदस्य रहने गरि ३ सदस्यीय उप समिती गठन गरेको छ। प्रदेश सरकार नीति तथा योजना आयोगमा सदस्य मनोनयन हुनु भएकोमा यस समुहका उपाध्याय डा.हिरा चन्द लाई सम्मान सहित कार्यकाल सफलताको शुभकामना प्रदान गरिएको छ । कोष व्यवस्थापनका लागि डा.हिरा चन्दको संयोजकत्वमा २ जना सदस्य पछि समुहको निर्णय बमोजिम थप गर्ने गरि उप समिति गठन गरेको छ। समुहकै पहल प्रयासमा “ नेपाल स्वयंसेवि रक्तदाता समाज कंचनपुरको तदर्थ समिती पुर्व सेनानीगोरख पुजाराको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिती गठन समेत गरिएको छ। नेपाल स्वयंसेवि रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यलाई स्वागत सम्मान गरेको छ । समुहका संयोजक अधिवक्ता डा.भोज राज पन्तको अध्यक्षतामा भएको कार्यक्तम कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश आत्मदेव जोशी ज्युको प्रमुख आतिथ्यता भएको थियो ।

