बुध, बैशाख २३, २०८३

गृहमन्त्री लेखक २१ गते कंचनपुर आउदै


कञ्चनपुर ।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखक  २१ गते साझ कंचनपुरको महेन्द्रनगर आउदै हुनु हुन्छ ।

सुदुरपस्चिमको बैतडी भ्रमणमा रहेका लेखक २१ गते गृह जिल्ला कंचनपुर आउने कार्यक्रम रहेको कंचनपुर निर्वाचन क्षेत्र नं ३ का कांग्रेस सभापती केशव चन्दले बताए ।

गृह मन्त्री लेखकको २२ गते बिहान साढे ८ बजे महाकाली पुल निरीक्षण गर्ने कार्यक्रम रहेको समेत उनले बताए  । २२ गते ११ बजे गृह मन्त्री लेखकको धनगढी प्रस्थान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply