आदित्य जोशी कञ्चनपुर ,मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर र एनएमबी बैँक लिमिटेडले सहकार्यका लागि सम्झौता गरेका छन । मन्त्र हस्पिटलबाट प्रवाह हुने सेवामा एनएमबी बैंकका ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो । हस्पिटलका अध्यक्ष कैलाशचन्द्र भट्ट र एनएमबी बैँकका सुदूरपश्चिम एवम् कर्णाली प्रदेश प्रमुख विरुराम जैशीले सम्झौता पत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका छन् ।
अस्पतालका अध्यक्ष भट्टले अस्पतालमा भर्नादेखि अस्पतालबाट प्रवाह हुने सेवामा बैँकमा खाता भएका सदस्यलाई ५ देखि २५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको बताए ।
मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले स्वास्थ्य उपचारमा विशेष छुटको व्यवस्था सहित अन्य सेवाहरु पनि प्रदान गर्ने गरी सम्झौता गरीएको जानकारी दिए । बैँकका प्रमुख जैशीले आफना सदस्यहरुले उपचार गर्न आउँदा आफुसंग भएका एटिएम कार्ड, चेक देखाएर आफनो स्वास्थ्य जाँच छुटमा गर्न सक्ने व्यवस्था गरिएको बताए ।



