बिहि, जेष्ठ २१, २०८३

चट्यानले दोधाराका सुनार र लालझाडीकी रानाले ज्यान गुमाए, दुई घाईते


कञ्चनपुर।कञ्चनपुरमा चट्यान लागेर दुई जना(एक महिला एक पुरुष)को मृत्यु भएको छ । बुधबार बिहानदेखि परिरहेको बर्षासंगै चट्यानले दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश राज जोशीले चट्यान लागेर लालझाडी गाँउपालिकाकी महिला र दोधाराचाँदनीका पुरुषले ज्यान गुमाएको बताए । प्रवक्ता जोशीका अनुसार दोदा नदीमा माछा मार्ने क्रममा लालझाडी गाँउपालिका १ परासनकी २८ बर्षिया हिरामती रानाको मृत्यु भएको छ । भने, दोधाराचाँदनी नगरपालिका ६ दोधाराका ३२ बर्षिया याम बहादुर सुनारको मृत्यु भएको छ । नदीमै चट्यान परेपछि घाईते भएकी रानाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भने, दोधाराचाँदनीका सुनाको पनि खोलामा माछा मार्नेका लागि गएको अवस्थामा पानी पर्दा रुखमा चट्यान लागेर मुत्यु भएको थियो । सुनारसंगै  २९ बर्षिया बिक्रम सुनार र ३६ बर्षिया जगदीश सुनार घाईते भएका छन । उनीहरु पानी पर्दा रुखमुनी ओत लागेका थिए । दशैँकै मुखमा चट्यान लागेर आफन्त गुमाएपछि राना र सुनार परिवारमा बज्रपात मच्चिएको छ । घाईते सुनारद्वयको दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । यसैविच चट्यानले पुनर्वास नगरपालिका अशुबर्मा बस्तीका नरेन्द्र चन्दको घरमा चट्यान लागेर विद्युतीय समाग्री सहितका घरसायी समानमा क्षति पुगेको छ ।

सम्बन्धित समाचार

Leave a Reply