सोम, जेष्ठ २५, २०८३

एसईई नतिजा ०८१ बेलडाँडी ः सरस्वती मावि गाँउपालिकामै प्रथम


कञ्चनपुर असार १८ कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको सरस्वती माध्यामिक विद्यालय गाँउपालिकामै प्रथम भएको छ ।

गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बेलडाँडी गाँउपालिका १झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालय प्रथम भएको हो ।

बेलडाँडीबाट सरकारी निजी गरेर ८ विद्यालयका २सय ९५विद्यार्थी मध्ये १०९विद्यार्थी उर्तिण भएका थिए । जसमध्ये सबैभन्दा बढि सरस्वती माविका ४७, मा २७ विद्यार्थी उर्तिण भएका हुन ।

शैैक्षिक सत्र ०८०मा गाँउपालिकामै पहिलो भएको सरस्वती मावि वैवाह अहिले दोस्रो भएको छ । सरस्वती मावि वैवाहका ५६मा २९विद्यार्थी र तेस्रोमा रौलेश्वर मावि रहेको छ ।

रौलेश्वरका ५३मा १९ विद्यार्थी उर्तिण भएका छन । यसैगरी सिद्धनाथ मावि खैरिघाटका ४६मा १४, गणेश मावि भुर्षा ३८मा ५, बैजनाथ मावि झिलमिला ३५मा ८, कञ्चन ग्यालेक्सी १२मा ३ र मोडेल चाईल्ड केयर बोडिङ्ग स्कुलका ८मा ४ विद्यार्थी उर्तिण भएका छन ।

सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक विष्णूसिह भण्डारीले विद्यालय, शिक्षकबाट भरपुर बढी भन्दा बढि विद्यार्थी उर्तिण गराउन प्रयास भएपनि केही विद्यार्थीले कम मेहनत गरेको बताए ।

प्रअ भण्डारीले आगामी दिनमा थप शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । बेलडाँडी गाँउपालिकाका विद्यालयको एसईईको नतिजा अत्यन्तै निरासाजनक ल्याएको छ ।

३७प्रतिशत मात्रै विद्यार्थी उर्तिण भएपछि गाँउपालिकाले थप विद्यार्थी उर्तिणका लागि आवश्यक योजना ल्याउने जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply