२०८३ कार्तिक ११, बुधवार

बेलौरीको जिवनरेखा विद्या मन्दिर लगातार चौथो पटक एसईईमा सत प्रतिशत नतिजा


कञ्चनपुर कञ्चनपुरको एक निजी विद्यायलले लगातार चौथो पटक माध्यामिक शिक्षा परीक्षा(एसईई)मा विद्यार्थी उर्तिण गराउन सफल भएको छ ।

बेलौरी नगरपालिका ९ रतनपुरको जिवनरेखा विद्या मन्दिर(विद्यालय)ले लगाता चौथो पटक एसईईमा विद्यार्थी उर्तिण गराउन सफल भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले ०७८ देखि ०८१ सम्म संचालन गरेकोे एसईईमा सहभागि उक्त विद्यालयका विद्यार्थी हरेक बर्ष सत प्रतिशत उर्तिण भएका हुन ।

विद्यालयको तथ्याङ्क अनुसार ०७८ मा १०, ०७९ मा १६, ०८० मा १७ र गत शैक्षिक सत्र ०८१मा २४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए, सबै उर्तिण भएका छन ।०६३ सालमा स्थापना भएको उक्त विद्यालयले चार बर्षदेखि निरन्तर आफ्नो शैक्षिक यात्रालाई उन्नयनमा अघि बढाएका छ ।

जिवनरेखा विद्या मन्दिर(विद्यालय)का प्रिन्सिपल धनीदत्त अवस्थीले स्वम विद्यार्थीको मेहनत, शिक्षक, विद्यालयको मेहनत, लगाब, अभिभावकोे हेरचाह, सरोकारवालाको साथ सर्मथनमा जिवनरेखा विद्यामन्दिरले शैक्षिक यात्रा अटुट रुपमा अघि बढाएको बताए ।

प्रिन्सिपल अवस्थीले आगामी दिनमा पनि निरन्तर गत विगतको साख जोगाँउदै थप शैक्षिक गुणस्तर सुधारका साथै एसईई सहित सबै कक्षाका नतिजा सुधार गर्ने प्रतिज्ञा गरेका छन ।

सम्बन्धित समाचार

Leave a Reply