कञ्चनपुर कञ्चनपुरको एक निजी विद्यायलले लगातार चौथो पटक माध्यामिक शिक्षा परीक्षा(एसईई)मा विद्यार्थी उर्तिण गराउन सफल भएको छ ।
बेलौरी नगरपालिका ९ रतनपुरको जिवनरेखा विद्या मन्दिर(विद्यालय)ले लगाता चौथो पटक एसईईमा विद्यार्थी उर्तिण गराउन सफल भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ०७८ देखि ०८१ सम्म संचालन गरेकोे एसईईमा सहभागि उक्त विद्यालयका विद्यार्थी हरेक बर्ष सत प्रतिशत उर्तिण भएका हुन ।
विद्यालयको तथ्याङ्क अनुसार ०७८ मा १०, ०७९ मा १६, ०८० मा १७ र गत शैक्षिक सत्र ०८१मा २४ विद्यार्थीले एसईई परीक्षा दिएका थिए, सबै उर्तिण भएका छन ।०६३ सालमा स्थापना भएको उक्त विद्यालयले चार बर्षदेखि निरन्तर आफ्नो शैक्षिक यात्रालाई उन्नयनमा अघि बढाएका छ ।
जिवनरेखा विद्या मन्दिर(विद्यालय)का प्रिन्सिपल धनीदत्त अवस्थीले स्वम विद्यार्थीको मेहनत, शिक्षक, विद्यालयको मेहनत, लगाब, अभिभावकोे हेरचाह, सरोकारवालाको साथ सर्मथनमा जिवनरेखा विद्यामन्दिरले शैक्षिक यात्रा अटुट रुपमा अघि बढाएको बताए ।
प्रिन्सिपल अवस्थीले आगामी दिनमा पनि निरन्तर गत विगतको साख जोगाँउदै थप शैक्षिक गुणस्तर सुधारका साथै एसईई सहित सबै कक्षाका नतिजा सुधार गर्ने प्रतिज्ञा गरेका छन ।

