सोम, जेष्ठ २५, २०८३

जनताको करको पैसा सयरमा? लेखा समितिको भारत भ्रमण खर्च नदिने निर्णय


कञ्चनपुुर, असार १३ सुदूरका जनता विकासबाट बञ्चित छन, गनगन्ती समस्या छन, चुनावका बेला जनताका सबै समस्या समाधान गछौँ भन्दै जनताको घरदैलोमा पुगेर कसम आएका सुप प्रदेशका जनप्रतिनिधी जनतातिर ध्यान भन्दा घुमफिर त्यो पनि भारत गएर राज्यकै ठुलो रकम खर्च गर्न लागेपछि जनता हैरान मात्रै होईन पचुताईरहेका छन ।

भारतको नैनी ताल भ्रमणमा गएको लेखा समितिले प्रदेश सभाबाट खर्च नपाउने भएको छ। सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीबाट लुम्बिनी प्रदेश सभाको भ्रमण स्वीकृत गरेर नैनी ताल पुगेको लेखा समितिले भ्रमण खर्चको रकम भुक्तानी नपाउने भएको हो।सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भारतको नैनी ताल भ्रमणमा गएको लेखा समितिलाई भुक्तानी नदिने बताएका हुन्।

प्रदेश सभाबाट पेस्की रकमसमेत भुक्तानी नभएको उनले बताएका छन्। उनले भने, ‘लुम्बिनी प्रदेश सभा नगएको खबरपछि लेखालाई सोधेको थिए। पेस्की पनि नगएको रहेछ। उहाँहरूले आफ्नै खर्चमा नैनी तालको भ्रमण गर्नु भएको रहेछ। लुम्बिनी प्रदेश सभामा अनुभवन साटासाटका जाने कार्यक्रम थियो।

लुम्बिनी प्रदेश सभा नगएपछि उहाँहरूले भुक्तानी पाउनु हुँदैन। सभामुख ज्यूको पनि नदिने निर्देशन छ।’लुम्बिनी प्रदेश सभा भ्रमणको स्वीकृति लिएको लेखा समिति भारतको नैनी ताल पुगेपछि खर्च नदिने सभामुख भीमबहादुर भण्डारीले सचिवालयलाई निर्देशन दिएका हुन्।

सभामुख भण्डारीबाट असार ३ गते लुम्बिनी प्रदेश सभाको भ्रमणका लागि लेखा समितिले स्वकृति लिएको थियो। तर, भारतको नैनी ताल पुगेपछि विवाद भएकाले लेखा समिति लुम्बिनी प्रदेश सभा भ्रमणमा गएको छैन। प्रदेश सभा सचिवालयका एक कर्मचारीले सोझै भारत गएकाले समस्या भएको बताए।

उनले भने, ‘लुम्बिनी प्रदेश सभा पुगेर नैनी ताल गएको भए, कुनै समस्या हुने थिएन। विरोध पनि हुने थिएन। भ्रमण खर्च पनि पाइने थियो। तर, सोझै भारतको नैनी ताल गएपछि भ्रमण खर्च दिन मिल्दैन। व्यक्तिगत भ्रमण गरे, सरह भयो। फेरि भ्रमण स्वीकृति लिनुपर्छ। अनि मात्र लुम्बिनी जान मिल्छ।

भ्रमणको पनि समय सकिएकाले समस्या भयो।’लेखा समितिका सभापति अक्कलबहादुर रावलको नेतृत्वमा सदस्यहरू सन्तोष शर्मा थापा, बेल बहादुर राना, मधु भारती, मानबहादुर धामी, गीतादेवी माल र विक्रम सिंह धामी नैनी ताल पुगेका थिए।

समितिका सचिव बलदेव कपाडी पनि सहभागी भए। तर, उनीहरूले भारतको नैनी ताल नगएको दाबी गरेका छन्। प्रदेश सभा सदस्य मधुदेवी भारतीले छोराको बिहेको समयको तस्बिर सामाजिक सञ्जालमा राखेको दाबी गरेकी छन्।

उनले असार ६ गते लुम्बिनी प्रदेश सभामा भ्रमणमा रहेको बताएकी थिएन्। सोही दिन प्रदेश सभा सदस्य गीतादेवी मालले लेखा समितिको भ्रमण स्थगित भएको बताएकी छन् ।

आगामी बजेट पनि आवश्यकता भन्दा आफन्त, कार्यकर्तामुखी ल्याएपछि चौतर्फि आलोचना मात्रै होईन प्रदेश सरकारको औचित्यमाथि पनि प्रशन उठन थालिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply