सोम, जेष्ठ २५, २०८३

घर फर्किए भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५७ जना नेपाली


????????????

कञ्चनपुर । गड्डाचौकी नाका हुँदै भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रमा बन्धक बनाइएका ५७ जना नेपाली नागरिकलाई स्वदेश फर्किएका छन ।

हिजो ‘किन इन्डिया’ संस्थाको पहलमा उनिहरुलाई स्वदेश फर्काइएको हो ।

नेपाल फर्कनासाथ गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गरेका थिए ।

उद्धारकर्ताप्रति उनिहरुले धन्यवाद ज्ञापन गरेका छन । उद्धार गरिएका नेपालीहरूले आफ्ना पीडा सार्वजनिक गर्दै भारतमा खेप्नु परेका कष्ट सुनाएका थिए ।

त्यहाँ कोठामा थुनेर राखिएको, खानपान र आवतजावतसमेतमा कडाइ गरिएको उनीहरूको भनाइ छ ।

पीडितहरूले उद्धारपछि आफूमाथि भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् ।

उद्धार गरिएका नागरिकहरूलाई कञ्चनपुरस्थित गड्डाचौकी नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालय, भारतको विदेश मन्त्रालय, राजदूतावास र किन इन्डिया नामक संस्थाबीच समन्वयमा उद्धार भएको थियो ।

उद्धार गरिएकामध्ये चितवनका १०, कैलालीका ९, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४÷४ जना, दाङ, स्याङ्जा र बाँकेका ३÷३ जना, ताप्लेजुङ, डोटी र धादिङका २÷२ जना तथा सर्लाही, कास्की, रुकुम, बागलुङ, इलाम र रुपन्देहीका १÷१ जना छन् ।

उनीहरूलाई सम्बन्धित जिल्लामा सुरक्षित रूपमा पठाइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

Leave a Reply