सोम, जेष्ठ २५, २०८३

दुर्घटनाको निम्तो दिने सरकारी भवन, अब कसले लिन्छ जिम्मेवारी?


कञ्चनपुर, असार १२ सडकमा सवारी दुर्घटना चालक मात्र्रै नभई छेउछाउमा रहेका सरचनाले पनि जोखिम निम्त्याईरहेकोे पाईन्छ । यस्तै जिल्लाकोे हुलाकी राजमार्ग अन्र्तरगत दैजी बेलडाँडी सडकमा जोखिम निम्तिएको छ ।

कञ्चनपुरको दैजी–बेलडाँडी सडक खण्डअन्तर्गत बेलडाँडीतर्फ जाने नहरको छेउमै रहेको महाकाली सिँचाइ प्रणाली जल उपभोक्ता संघ ग्रुप ’ई’ दैजीको पुरानो भवन आजसम्म पनि हटाइएको छैन ।

करिब १० वर्षभन्दा बढी समयदेखि प्रयोगविहीन रहेको यो भवन अहिले सवारी दुर्घटनाको संभावित कारक बन्दै गएको छ ।पुरानो भवन प्रयोगविहीन भएपछि सिँचाइ कार्यालयले सेवा प्रदान गर्नका लागि नयाँ भवन निर्माण गरिसकेको छ । प्रशासकीय कार्य अहिले सो नयाँ भवनबाटै सञ्चालन हुँदै आएको छ ।

तर, सडकको छेउ चौराहामै रहेको यो पुरानो भवनका कारण यातायातका साधनहरूलाई एक–अर्कालाई देख्न कठिन भएको स्थानीयको गुनासो छ । सवारी नदेखिने स्थिति सिर्जना भएकाले त्यहाँ दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दो छ ।

यद्यपि यो विषयमा सम्बन्धित कार्यालयलाई पटक–पटक जानकारी दिइए पनि कुनै प्रतिक्रिया नआएको स्थानीयवासी बताउँछन् ।बेलडाँडीका एक स्थानीय युवा रमेश धामी भन्छन्, “सडक छेउको त्यो भवनले मोडमा अड्को दिएको छ, गाडी–मोटरसाइकल क्रस हुँदा सिधै ठोक्किने खतरा छ ।

जब सेवा नै अर्को भवनबाट दिइँदैछ भने त्यो पुरानो भवन किन सडक छेउमा अलपत्र राखिएको ?”मुख्य गरेर स्कुले बालबालिका, साइकल चालक र मोटरसाइकल प्रयोगकर्ताको सुरक्षाका लागि उक्त भवन तत्काल हटाइनु पर्ने माग स्थानीय समुदायको साझा आवाज बनेको छ ।

“सेवा त नयाँ भवनबाट दिन सकिन्छ भने दुर्घटना न्यूनिकरणको लागि पुरानो भवन हटाउनु अहिलेको आवश्यकता हो ।”समस्या देखिए पनि जल उपभोक्ता संघको कार्यालयले यस विषयमा चासो नदिएको स्थानीयको आरोप छ ।

दुर्घटना नहोस् भनेर आवाज उठाउँदा समेत सम्बद्ध निकायले बेवास्ता गर्नु जनताको जीवनको सुरक्षाप्रति उदासीनता दर्शाउने गम्भीर विषय बनेको छ ।

सेवा नयाँ भवनबाट दिइरहेको अवस्थामा प्रयोगविहीन पुरानो भवनलाई त्यहीं राख्ने कुनै तर्क रहँदैन । सडक सुरक्षाको दृष्टिकोणले हेर्दा अब विलम्ब नगरी उक्त भवन हटाउनु नै सबैभन्दा सान्दर्भिक र जनउत्तरदायी निर्णय हुनेछ ।

अहिले चिन्ता चासो कसैलाई छैन, दुर्घटना भए मात्रै एकले अर्कोलाई आरोपप्रत्यारोपमा उत्रिने भन्दै यस तर्फ सरोकारवाला सबैले ध्यान दिनुपर्ने स्थानीयकोे सुझाव छ । सीमावर्ती पुर्नवास नगरका विवित क्षेत्रमा समाजिक, विपद, पूर्वाधार सहितका कार्यक्रम संचालन गरेर नगर सम्बृद्धिका कार्यक्रम संचालन गरिनेछन ।

सम्बन्धित समाचार

Leave a Reply