बुध, बैशाख २३, २०८३

धारा छन पानी छैन, ३२ वर्षदेखि मुहानकै पानीको भरमा स्थानीय


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा पिउने पानीको अभाव बढ्दै गएको छ् । जिल्लाको राजपुर डोटीको के आई सिँह गाउँपालिकाको वडा नम्बर–६ मा स्थानीयहरुलाई पिउने पानीको अभाव बढ्दैँ गएको हो ।

उक्त गाउँमा स्थानीयहरुका घर छेउमा धारा छन् तर, पानी छैन् । केहीको घर छेउमा धारामा आउँने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ् । उक्त गाउँका स्थानीयहरु अहिले पनि पानीको अभाव भोगिरहेका छन् ।

विगत १२ वर्षदेखि खानेपानी योजना निर्माण थालिएता पनि घर नजिकमा बनाइएका धाराहरुमा अझै पानी झरेको छैन् । उक्त क्षेत्रका स्थानीयहरु पानी लिनको लागि घरदेखि टाढा–टाढासम्म हिँडेर पानी लिन जानुपर्ने बाध्यता रहेको छ् । उक्त क्षेत्रका स्थानीयहरुका अनुसार प्रत्येक वर्षको नीति तथा कार्यक्रमको प्रतिवेदनमा खानेपानीका लागि गाउँपालिका भरी स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्न एक घर एक धाराको नीतिलाई निरन्तरता दिइएको छ् ।

खानेपानी आयोजनाहरु सञ्चालन गर्दा विगतमा सुरु गरिएका क्रमागत आयोजनाहरुलाई प्राथमिकतामा राख्दै थप सम्भावना र आवश्यकतालाई मध्यनजर गरी कार्यक्रम तर्जुमा समेत गरिएको छ् । ऐतिहासिक र धार्मिक महत्व बोकेका पुराना धाराहरुको जगेर्ना र संरक्षित गर्न धारा संरक्षित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ् । गाउँपालिकामा निर्माण भई सन्चालनमा रहेका खानेपानी आयोजनाहरुको संरक्षित र सम्बद्र्धन गर्न स्थानीय सरोकारबालाहरुको सहभागीता वृद्धि गर्ने नीति अवलम्बन गरिनुका साथै गाउँपालिकामा निर्माण हुने खानेपानीका संरचनाहरु बालमैत्री र अपांगमैत्री बनाउदैँ लगिने भनी उल्लेख गरिएता पनि कुनै पनि योजनाहरु लागु नभएको स्थानीयहरुले बताएका छन् ।

त्यसैगरी गाउँपालिकाको वडा नम्बर–६ का स्थानीय पुस्कर जोशीले ३२ वर्षदेखि मुहानकै पानी पिउने गरेको बताए । उनले खानेपानी योजना प्रत्येक वर्ष आउँने तर लागु नहुने बताएका छन् । ‘अहिलेसम्म खानेपानी योजनामा डेढ करोड बजेट विनियोजन भइसकेको छ्, उनले भने, ‘प्रत्येकको घरमा एक घर एक धारा निर्माण हुन् सकेको छैन । घर निजिक धारा निर्माण भएता पनि त्यसको सही तरिकाले व्यवस्थित गर्न नसक्दा अहिलेसम्म धारामा पानी सुचारु हुन सकेको छैन् । खानेपानी समितिमा आफ्नै मान्छे राख्ने प्रवृति भएकाले खानेपानीका लागि आएको बजेट समेत आफैले नै खाने गरेका छन् ।’

स्थानीय जोशीका अनुसार यहीँ असार मसान्तसम्म धारामा पानी सुचारु हुन्छ भनेका छन तर, फेरी पनि हुन्छ कि हुदैँन कुनै जानकारी भएको छैन् । खानेपानी समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर नभएको स्थानीयहरुले गुनासो गरेका छन् । १५० घरधुरी रहेको उक्त गाउँमा टोलको सार्वजनिक धारामा कहिले काही मात्र पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्ने गरेका छन् ।

खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उक्त क्षेत्रका स्थानीयहरुले खानेपानीका लागि दुःख खेप्नु परिरहेको छ् । आयोजना निर्माणमा भएको ढिलाइले प्रत्येकाको घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउँने आशा गरेका सथनीयहरु निरास बनेका छन् । स्वच्छ खानेपानी पाउँने आसमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भइसक्दा पनि पानी खान नपाएको स्थानीयहरुले बताए ।

उक्त क्षेत्रका स्थानीयहरुले खानेपानीको काममा ढिलासुस्ती हुँदा निकै दुःख पाएका छन् । त्यसैगरी यहाँका अन्य ग्रामीण बस्तीका स्थानीयवासी गाउँमा पानीका धारा सुकेपछि घण्टौँ लामो दूरीबाट पानीको जोहो गर्ने गरेका छन् । घरमा पिउनको लागि पानी नहुदाँ आफू खान र गाईवस्तुलाई दिन पानीका लागि लाइन बस्ने गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply