काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन सहित भारतिय नागरिक पक्राउ परेका छन ।
एक किलोभन्दा बढी सुनसहित भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी पक्राउ परेकी हुन ।
उनलाई मंगलबार राति विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ ।

