सोम, जेष्ठ २५, २०८३

घुसको खाडलमा मालपोतका कर्मचारी


कञ्चनपुर, असार ३ देश भ्रष्टाचारमा चुर्लुम्म डुबीरहेका बेला केही कर्मचारी लालमर्दो अनियमिततामा लिप्तभएको तथ्य खुलिरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार कर्मचारी लालमर्दो अनियमिततामा लिप्तभएको तथ्य खुलिरहेको हो ।

सामाजिक सुरक्षाको रकम हिनामिना गरेको आरोपमा बाँकेको साबिक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार साबिक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूउपर सार्वजनिक सम्पत्ति हिनामिना हानि–नोक्सानी गरी÷गराई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ। यस्तै नेपालमा कार्गो तथा कुरियर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध ठुलो राजस्व चुहावट मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान विभागले प्रालिविरुद्ध एक अर्ब ३७ करोड बिगो दाबी गर्दै पाटन उच्च अदालतमा आइतबार मुद्दा दायर गरेको छ।काठमाडौं महानगरपालिका– ३२, तीनकुनेमा रहेको नेपाल प्रालिउपर अनुसन्धान गरेर विभागले मुद्दा दायर गरेको हो।

कम्पनीको आर्थिक वर्ष ०७६÷७७ देखि ०८१÷८२ को फागुनसम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्सलगायतका कागजात र प्रमाण बरामद गरेर विभागले अनुसन्धान गरेको थियो। विभागले छापा मारेर कम्पनीको व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली एनसिएम नियन्त्रणमा लिएर छानबिन अघि बढाएको थियो।

कम्पनीको एनसिएम पोर्टलको सर्भर अस्ट्रेलियामा राखी सेवा बिक्रीको ठुलो कारोबार आन्तरिक राजस्व अनुसन्धान विभागमा पेस गरेको भ्याट तथा आय विवरणमा लुकाएको अनुसन्धानबाट खुलेको छ। बिक्री आय लुकाएर ठुलो परिमाणमा भ्याट र आयकर छली गरेको विभागको अनुसन्धानबाट खुलेको छ। विभागले प्रालिका सेयरधनी तथा सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गंगाबहादुर थापा, मनीषप्रसाद आचार्य, मिठु पौडेल र प्रालिका उपकार्यकारी निर्देशक संगम पौडेलविरुद्ध विभागले राजस्व चुहावटको कसुरमा मुद्दा दायर गरेको छ।

प्रालिको एनसिएम पोर्टल आव ०७६÷७७ देखि नै सञ्चालनमा ल्याए पनि कर प्रशासनको निगरानीलाई छल्न सर्भर अस्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउने कार्य गरेको विभागको दाबी छ।

एनसिएम पोर्टलको सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको थियो।विभागले करयोग्य रकम ७८ करोड २८ लाख ४६ हजार ७६७ को १३ प्रतिशतले हुने भ्याट, त्यसमा शतप्रतिशत जरिवाना, १० प्रतिशत थप दस्तुर र १५ प्रतिशत ब्याजसमेत गरी २६ करोड सात लाख ५० हजार ५१५ रुपैयाँ राजस्व चुहावट कानुनअन्तर्गत सजाय दाबी गरेको छ।

यसैगरी आयकरतर्फ थप कायम गर्नुपर्ने सेवा बिक्री रकमको आयकर ऐनबमोजिम तत्तत् आवको आयमा समावेश गरी आयकर, त्यसको शतप्रतिशत जरिवाना, १५ प्रतिशतले हुने किस्ताबन्दी ब्याज र ब्याजसमेत गरी ४२ करोड ३६ लाख ५५ हजार २४५ अर्को सजाय तोकेको छ।

दुवैमा गरेर कुल ६८ करोड ४४ लाख पाँच हजार ७६० रुपैयाँ बिगो विभागले कायम गरेको छ।प्रतिवादीहरूले एक–आपसमा मिलेमतो गरी कम्पनीको सर्भर अस्ट्रेलियाबाट सञ्चालन गरी नेपालको कर प्रशासनलाई छलेको विभागको आरोपपत्रमा उल्लेख छ।

बिगोमा शतप्रतिशत जरिवानासमेत गरेर एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० रुपैयाँ कुल रकम कायम गरिएको छ। यसैगरी शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रहरू पेस गरेर सबइन्जिनियर पदमा करार नियुक्ति लिएको अभियोगमा अख्तियारले एकजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन सबइन्जिनियर (प्राविधिक सहायक) पदमा कार्यरत दीपेन्द्रकुमार झा भनिने दीपेन्द्र कुमारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

झाविरुद्ध परेको उजुरीमाथि अनुसन्धान हुँदा उनले तिलाठी कोइलाडीमा सबइन्जिनियर पदमा करार नियुक्ति लिनका लागि एकेडेमिक ट्रान्सक्रिप्ट र क्यारेक्टर सर्टिफिकेटसहित नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ।

उनीमाथि भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सो ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको छ। यसैविच मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया) मार्फत घुस लिएको अभियोगमा मुद्दा दायर भएको हो। खरिदार पाण्डेसहित अर्का खरिदार रतनबहादुर जि.सी., लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सुरुमा तीनजनालाई आयोगले २० हजार रुपैयाँ घुससहित पक्राउ गरेकोमा छानबिनको क्रममा सो घटनामा अर्का नासु रतनबहादुर जिसीको समेत मिलेमतो देखिएपछि उनलाई पनि प्रतिवादी बनाइएको छ।यसरी सरकारी कर्मचारी भ्रष्टाचारमा लिप्त भएपछि युवा विदेश पलायन र जनता चिन्तित भएका छन ।

सम्बन्धित समाचार

Leave a Reply