कञ्चनपुर।कञ्चनपुरका सरोकारवाला सरक्षणकर्मीले गैडा सरक्षणमा जोडदिएका छन ।
जैविक विविधता सरक्षणमा गैडाको महत्वपूर्ण भूमिका रहेको भन्दै सरोकारवाला सरक्षणकर्मीले गैडा सरक्षणमा जोडदिएका हुन ।
आइतबार महेन्द्रनगरमा सेप्टेम्बर २२ मा विश्व गैडा दिवस मनाईएको छ । सिद्धनाथ विज्ञान क्याम्पस जिओलोनी विभागले विश्व गैडा दिवस मनाएको हो ।
कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पसका सहायक क्याम्पस प्रमुख एव गैडामा अनुसन्धान गरेका डा. बलराम अवस्थीले पारिस्थितिक प्रणाली सुधारका लागि गैडा सरक्षणा जोडदिए ।
कार्यपत्र प्रस्तुत गर्दै उनले विद्यार्थीदेखि नयाँ पुस्तालाई गैडा सरक्षण बारे जानकारी गराउने उदेश्यले कार्यक्रम राखेको बताए ।
कार्यक्तममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक सरक्षण अधिकृत मनोज ऐरले कार्यपत्र प्रस्तुत गर्दै शुक्लाफाँटामा पनि गैडाको संख्या बृद्धि भईरहेको बताए।
कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पस प्रमुख जगराम दमाई सहितका प्राद्याध्यापक, विद्यार्थीको सहभागिता रहेको थियो ।

