सोम, जेष्ठ २५, २०८३

संगठनका उपाध्यक्ष प्रमोद लगायतका नेताकार्यकर्ता रिहाइ गर्न माग 


जनकपुर न्यायाधीशलाई दुर्व्यवहार गर्नेलाई छाड्न माग सहित विरोधमा उत्रिएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) पार्टीका ७ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारको टोलीले शुक्रबार अपरान्ह माइतीघर मण्डलास्थित विस्तारित सडक खण्डमा विरोधमा उत्रिएका नेतालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त पार्टी निकट कम्युनिस्ट युवा नेपाल संगठनका उपाध्यक्ष प्रमोद सिंह , पार्टीका केन्द्रीय सदस्य झलक बिक, अखिल क्रान्तिकारीका महासचिव उषाकिरण विक, संगठनका सचिव हरी विष्ट, र सर्जन पाण्डे, विद्यार्थी संगठन ललितपुरका अध्यक्ष सक्षम बिक, काठमाडौं जिल्ला सदस्य सर्जन विक रहेका छनप्रहरी नायव उपरीक्षक (डीएसपी) गंगाप्रसाद पौडेलको कमाण्डमा खटिएको २० जना प्रहरीको टोलीले उनीहरुलाई निन्त्रणमा लिएको हो । 

 अफताब आलाम प्रकरणमा उच्च अदालत वीरगञ्ज पर्सा इललासका न्यायाधीशमाथी कालोमोसो लगाउने क्रममा गिरफ्तार गरिएका व्यक्तिलाई तत्काल रिहाईको माग गर्दै बिरोध प्रदर्शन गरेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरु ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार

Leave a Reply