काठमाडौं,यो बैशाख ८ गते दैजी–जोगबुडा सडक खण्डको कञ्चनपुर जिल्ला क्षेत्राधिकार भित्र पर्ने सडक खण्डमा सडक कालो पत्र गर्न ठेक्का सम्झौता भएको ८ बर्ष पुगेको छ ।
तर उक्त सडकको कार्य प्रगति भने २० प्रतिशत भन्दा कम छ । अझ रोचक विषय त के छ भने सडक निर्माण कम्पनीले विभिन्न समयमा गरी सम्झौता भएको रकम मध्ये ८६ प्रतिशत अर्थात १८ करोड ३६ लाख रुपयाँ रकम भुक्तानी लिईसकेको छ ।
यो सडक समयमै निर्माण नहुदा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्लाका वासिन्दाले सास्ती पाउने गरेका छन् । चार पटक प्रधानमन्त्री भईसकेका शेर बहादुर देउवा भने काठमाण्डाको एसीमा वसेर रमाएकै छन् ।
विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नार्गाजुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजार रुपयामा ठेक्का सम्झौता भएको उक्त सडक आठ बर्ष वित्दा पनि पाच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।
उक्त सडक खण्डको ठेक्का निर्माण कम्पनीका लागि दुहुनो गाई भएको छ । प्रत्येक बर्ष अलिअलि काम गरेजसो गर्दै भ्यालुसन गराउदै करौडौ रकम निकासा गराउने काम बाहेक सडक निर्माण कार्यमा कुनै पनि प्रगति भएको देखिदैन ।
हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएता पनि निर्माण कार्य प्रगति शुन्य रहेको छ । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण राज जोशीका अनुसार गत बर्ष यही २०८२ असार २० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पाँचौँ पटक म्याद थप गरिएको हो ।
डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्प समेत हो । तर यस सडकको अभिभावकत्व गर्ने जनप्रतिनिधिको पनि अभाव खड्केको देखिन्छ ।
भित्रीमधेषबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले सडक निर्माण कार्यलाई कडाईका साथ गराउनु पर्ने भएता पनि त्यस जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य खगराज भट्ट र तार जोशी कुन दुलोमा लुकेर बसेका छन् जनतालाई अत्तोपत्तो छैन ।
भौतिक पुर्वाधार विकास कार्यालय कञ्चनपुर भने यसपालि ठेक्का सम्झौता तोड्ने मोडमा पुगेको छ । हुन त कार्यालयले अघिल्लो बर्ष नै सम्झौता रद्ध गर्ने योजना बनाएता पनि नेताहरुकै दवावमा म्याद थप गर्रीएको एक कर्मचारीले बताए ।
‘कार्यालय दुईतिन बर्षअघि नै ठेक्का सम्झौता तोड्ने मनसायमा भएता पनि विभिन्न राजनििितक दलका नेताहरुको आडमा अहिलेसम्म सम्झौता रद्ध गर्न सकिएन ।
उनले भने ‘यस वर्ष भने कार्यलयले ठेक्का सम्झौता तोड्नका लागि सात दिने सूचना निकालेको र उक्त समयसिमा भित्र निर्माण कम्पनी सम्पर्कमा आएन् सायद दवाव नआए सम्झौता रद्ध हुन्छ होला ।
’ यस सडकमा पुर्व भौतिक पुर्वाधार मन्त्री पठान सिंह बोहराले सडक निर्माणका लागि ठेक्का प्रक्रियाका लागि बजेटको व्यवस्था गर्ने बाहेक त्यहाबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले सडकको अभिभावकत्व ननिभाएको गुनासो स्थानीयको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि पाँचौँ पटक म्याद थप गरिएको भएपनि भौगोलिक विकताका कारण सडक निर्माण सम्पन्न हुन नसकेको बताए ।
अघिल्लो बर्ष सुदूरका पहाडि जिल्ला जोड्ने एक मात्र अत्तरीया–डडेल्धुरा सडक खण्ठको भासुभिरमा अवरुद्ध हुदा यो सडक खुलाउने चर्चा चलेको थियो तर खासै कुरा उठ्न सकेनन् ।

