कञ्चनपुर, जेठ २८ प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व एमाले नेता एव पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच विवाद चर्किदै गएको छ । कुनैबेला ओलीले विद्यालाई विद्याले ओलीलाई साथ दिएपनि अहिले विवाद चर्किदै गएको हो ।
पूर्वराष्ट्रपति एव पुर्व एमाले नेता विद्यादेवी भण्डारीले एमाले जनहरूसँग भेटघाट गर्न कसैको अनुमति आवश्यक नभएको बताएकी छिन् । कोशी प्रदेशको पाँचदिने अनौपचारिक भ्रमण सकेर मंगलबार काठमाडौं फर्कने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै एमाले आफूले संगठित सदस्यता नलिँदैदेखिको पार्टी भएकाले कार्यक्रमहरूमा सहभागी हुन र कार्यकर्ताहरूसँग भेटघाट गर्न कसैको अनुमतिको आवश्यकता नभएको बताएकी हुन् ।
उनले आफू राष्ट्रपति हुनुभन्दा पहिले मात्र नभएर संगठित सदस्यता प्राप्त गर्नुभन्दा अगाडिदेखि नै एमालेमा दत्तचित्र् भएर काम गरेकाले नेता–कार्यकर्ता सबैसँग घनिष्ठ चिनजान भएकाले कार्यक्रमहरूमा र भेटघाटमा बोलाउनु स्वाभाविक भएको बताइन् । ‘म पनि समाजकै मानिस हुँ, मैले पनि भेटघाट र जनसम्बन्ध बनाउनुपर्छ।
यसैले जनतासँग भेटघाट गरेर जनधारणा बुझ्नु मेरो पनि कर्तव्य हो,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन् । ‘राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी सबै लाग्नुपर्छ । त्यो हाम्रो परम् कर्तव्य पनि भएकाले देश र नयाँ पुस्ताका लागि हामीले बाँचुन्जेल संघर्ष गर्नुपर्छ, यसैले देशभित्र घुमफिर गरिरहन मैले कसैको अनुमति लिइरहनुपर्दैन,’ उनले भनिन् ।
उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताउँदै एमाले अध्यक्ष केपी ओलीले आफूलाई नै तोकेर केही भनेकोबारे आफूलाई थाहा नभएको र भन्दा पनि नभन्ने बताइन्। विराटनगर महानगरपालिकाको आयोजनामा २३ जेठदेखि सुरु भएको पालिका उपप्रमुख र उपाध्यक्षहरूको सम्मेलन उद्घाटन गर्न २२ गते अपराह्न विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारीले मोरङ, सुनसरी र झापामा पाँच दिन बिताएकी थिइन्।
उनी झापामा एमालेले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन् । राष्ट्रपति पदबाट अवकाश पाएपछि विद्यादेवी भण्डारी आजभोलि राजनीतिक भेटघाटका लागि देशभर डुलिरहेकी छिन्। एमालेभित्रैबाट उनलाई आगामी अध्यक्षका रूपमा हेर्न थालिएको छ । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्या लक्षित गरेर ‘म बिनाको एमाले कसले चलाउँछ हेर्छु’

