काठमाडौं, जेठ २७ , कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६, भुराकोटमा आगलागी हुँदा एक किराना पसलमा रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन्।
स्थानीय करन थापाले सञ्चालन गर्दै आएका टिनले छाएको एक तले कच्ची संरचनामा रहेको किराना पसलमा मंगलबार राति ११ बजे अचानक आगलागी भएको हो। आगलागीबाट पसलमा रहेका टि-टेबल, डी-फ्रिज, चाउचाउ, बिस्कुट, ग्यास सिलिन्डर लगायतका सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार आगलागीबाट करिब एक लाख पचास हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ।
घटनामा कुनै मानवीय क्षति भने नभएको बताए को छ।स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएका छ।

