सोम, जेष्ठ २५, २०८३

भ्रष्टाचार गर्न आयल निगमका कर्मचारीकोे यस्तो आईडिया ःसिसि क्यामेरा बन्द गरी डिजेल चोरी गर्ने डिपो प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, जेठ २७ देशभरका सरकारी सार्वजनिक निकायमा भ्रष्टाचार, अनियमिता, र ढिलासुस्तीले जनता हैरान भईरहेका बेला नेपाल आयल निगमका कर्मचारी भ्रष्टाचार गर्न अनेकन जुक्ती निकालेको पाईन्छ ।

बिलमा उल्लेख भएको भन्दा बढी डिजेल सप्लाई गरेको आरोपमा नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चितरंजन दाससहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

१२ हजार लिटर डिजेलको अर्डर स्वीकृत गरी १५ हजार ३८ लिटर लोड गरी नेपाल आयल निगमलाई चार लाख ४८ हजार रुपैयाँ हानिनोक्सानी गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

निगमको गगनगौंडास्थित प्रादेशिक कार्यालयका प्रमुख दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्स र उक्त कम्पनीका संचालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसियसनका तत्कालीन प्रतिनिधिहरु जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट तथा ट्यांकर चालक निर्मल थापाविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरुले डिलर्स एशोसिएशनका प्रतिनिधि ढुंगाना र रानाभाटसँगको मिलेमतोमा सिसिक्यामेरा बन्द गरी बिलमा उल्लेख भएभन्दा तीन हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारले जनाएको छ। आयल निगमका कर्मचारीको यो तहको भ्रष्टाचार क्षम्य नहुने भन्दै नागरिकले कानुनी कार्बाहीको माग अघि सारेका छन ।

सम्बन्धित समाचार

Leave a Reply