आदित्य जोशी कञ्चनपुर सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा चिकित्सा क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि हासिल भएको छ।
कञ्चनपुरको मन्त्र अस्पतालले पहिलोपटक सफल रूपमा मेरुदण्ड शल्यक्रिया (Spine Surgery) सम्पन्न गरेको छ। मिति २०८२/०२/०९ गते का दिन बुटवल देखी महेन्द्रनगर आउदै गर्दा चलीरहेको बस को ढोका देखी लडेर बेदकोट -१ , ३१ वर्षिय धीरेन्द्र खत्री घाईते भई कोहलपुर मेडिकल कलेज लगेर MRI गर्दा मेरुदण्ड ( L1 vertebrae burst fracture ) टुटेको र अपरेशन गर्ने सल्लाह भएपछी मन्त्र हस्पिटल महेन्द्रनगरमा हुने भएपछी २०८२/०२/१२ गते डा. दुर्गेश चौधरी, डा . केशव भट्ट, डा. मुकेश गामी लगाएत ओटी टीम द्वारा सफल ऑपरेशन भएको छ।
अस्पतालका अनुसार, बिरामीको मेरुदण्डमा रहेको गम्भीर समस्या समाधान गर्नका लागि अत्याधुनिक प्रविधि प्रयोग गरी शल्यक्रिया गरिएको हो। शल्यक्रिया पूर्ण रूपमा सफल भएको र बिरामीको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ।
मन्त्रका MD डाक्टर गोविन्द रोकाया का अनुसार, “यो कञ्चनपुरमै पहिलोपटक गरिएको मेरुदण्डको जटिल शल्यक्रिया हो। यसले सुदूरपश्चिमवासीलाई अब राजधानी वा भारतसम्म धाउनुपर्ने आवश्यकता घटाएको जानकारी दिनुभएको छ।
स्वास्थ्यकर्मीहरू तथा नागरिकहरूले यो सफलतालाई ऐतिहासिक उपलब्धि मानेका छन्। MD रोकायाका अनुसार “हामीले सुरुवातमै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता गरेका थियौं। अब यस शल्यक्रियाले त्यो यात्राको महत्वपूर्ण पाटो बनेको जानकरी दिनुभएको छ ।


