शनि, असार ६, २०८३

सुदूरपश्चिममा ५ जनामा कोरोना परीक्षण गर्दा एकमा पुष्टि


कञ्चनपुर। गौरीफन्टा नाकामा तीन दिनको अवधिमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौरीफन्टा हेल्थ डेस्कमा बिहीबार ५ जनामा संक्रमण परीक्षण गरिएको थियो।

तीमध्ये बर्दियाको गुलरिया नगरपालिका १० का एक जनामा एन्टीजेट पोजेटिभ देखिएको छ।ती व्यक्ति भारतको महाराष्ट्रबाट आएका हुन। भारतमा संक्रमण देखा परिरहेकोले त्यहाँबाट आउने नेपालीमा पनि संक्रमणको जोखिम भएकोले एन्टीजेन परीक्षण गर्ने काम भइरहेको गौरीफन्टा हेल्थ डेस्कका प्रमुख गणेश साउँदले बताए।

‘हामीसंग नयाँ किट आएको छैन। यसअघिकै स्टक किट थियो। त्यहीँबाट परीक्षण गरेका हौँ,’ उनले भने, ‘त्यो सकिएपछि परीक्षण गर्नलाई छैन।किट अपुग छ।’ उनका अनुसार हेल्थडेस्कमा अहिले ८५ एन्टीजेन किट मौज्दात छन्।

नाकाबाट आउने शंकास्पद व्यक्तिमाथि मात्रै परीक्षण गरिरहेको उनले बताए। मंगलबारदेखि गौरीफन्टामा कोरोना संक्रमण परीक्षण थालिएको हो।

पहिलो दिन एक जनामा पनि संक्रमण पुष्टि भएन। बुधबार मात्रै सुदूरपश्चिमका ३ जनामा संक्रमण पुष्टि भएको छ। गौरीफन्टा नाकामा भएर आएका २ पुरुष र १ महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सम्बन्धित समाचार

Leave a Reply