सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ । एक बालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।प्रहरीका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका–८, मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन् ।
सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ ।भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

